काठमाडौं–ढोरपाटन महिला भलिबल डबल भलिबल लिग अन्तरगत आज भएका दोस्रो राउन्डका खेलहरु मा एपीएफ, आर्मि र पश्चिमाञ्चल विजय भएका छन् ।
आज भएको पहिलो खेलमा एपीएफले चितवन टाइगर्सविरुद्ध तीन सेटको सोझो जित निकालेको छ । पहिलो सेटमा २५–७ को जित निकालेको एपीएफले दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१८ को जित निकालेको हो ।
त्यस्तै आज भएको दोस्रो खेलमा पुलिसले पनि सेवलाई तीन सेटको साझो जित निकालेको छ । पहिलो खेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो र तेस्रो सेटमा २५–१७ र २५–१७ को जित निकालेको हो ।
आजनै भएको तेस्रो खेलमा आर्मिले चितवन माथि तीन सेटको सोझो जित निकालेको छ । आर्मिले २५–११, २५–१५ र २५–११ को सोजो जित निकालेको हो ।
लिग अन्तरगत आजनै भएका अन्य दुई खेलमा एपीएफ र पश्चिमाञ्चलले जित निकालेका छन् । एपीएफले श्रीगाँउलाई २५–६, २५–११ र २५–१९ को सोझो सेटमा जित निकलेको हो ।
त्यस्तै पश्चिमाञ्चल पोखराले चितवन विरुद्ध २५–१३, २५–१६ र २५–१७ जित निकाल्न सफल भयो ।
लिग अन्तरगत भोलि हुने खेलहरु
सेव र चितवन टाइगर्स
पुलिस र पश्चिमाञ्चल
श्रीगाँउ र चितवन टाइगर्स
एपीएफ र सेव
