कर्पोरेट टी-१० क्रिकेट भदौ पहिलो साता हुने

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट लिग आगमी भदौ पहिलो साता आयोजना हुने भएको छ ।

ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने प्रतियोगिता १ देखि ४ सम्म हुने भएको छ । प्रतियोगितामा २० टोलीको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ५० हजार रुपैयाँमा टिम दर्ता गर्न सकिने छ ।

यसैगरी प्रतियोगिताको विजेता, उपविजेता, सर्वोकृष्ट खेलाडी, उत्कृष्टब्याटर, बलर, फिल्डर, विकेटकिपर, अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै विजेताले आगमी संस्कणमा टिम दर्तामा कुनै शुल्क तिर्नु नपर्ने आयाजकले जानकारी दियो ।

२०८१ श्रावण ८, मंगलवार मा प्रकाशित