काठमाडौं–ढोरपाटन महिला भलिबल लिगको उपाधि एपीएफले उचालको छ । आइतबार भएको खेलमा पनि एपीएफले पुलिसलाई पराजित गर्दै उपाधि उचालेको हो । अजा भएको खेलमा विभागिय टोली एपीएफले नेपाल पुलिस क्लबलाई हराउन सफल भएको हो ।
एपीएफले पुलिस माथि ३–१ सेटको जित निकालेको हो । एपीएफले २५–१८, २५–२०, १९–२५ र २५–१५ को सहज जित निकाल्न सफल भएको हो ।
सुरुवाति चरण देखीनै बलियो मानिएको एपीएफले फाइनल पुग्दा सम्म एउटा खेलमा पनि हार नबेहोरेर उपाधि उचाल्न सफल भएको हो ।
त्यस्तै आज भएको अर्काे खेलमा बिभागिय टोली त्रिभुवन आर्मिले पश्चिमाञ्चल माथि ३–१ सेटको जित निकालेको हो ।
आर्मिले २६–२४, २०–२५, २५–१२ र २५–१४ को सेटमा जित निकाल्न सफल भएको हो । उपाधिसंगै एपीएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले २ लाख रुपैयाँ प्राप्त गर्यो ।
सुजुकी स्कुटर जित्नेहरु
सर्वाेत्कृष्ट खेलाडीः सरस्वती चौधरी (एपीएफ)
उदियमान खेलाडीः शान्ति थारु (आर्मी)
वर्ष खेलाडीः अरुणा शाही (पश्चिमाञ्चल)
प्लेय अफ दि सिरिजः कोपिला राना (पुलिस)
भाग्यशाली दर्शकः भीम प्रसाद देवकोटा (गोरखा)
ब्यक्तिगत विधामा (६–६ हजार जित्नेहरु)
स्पाइकरः उषा भन्डारी (पुलिस)
सेटरः कमला पुन (पुलिस)
ब्लकरः सोफिया पुन (आर्मी)
क्विकरः सुनिता खड्का (आर्मी)
डिफेन्डरः शान्ति तामाङ (पुलिस)
सर्भरः नेविका चौधरी (एपीएफ)
प्रशिक्षक : ज्ञानेन्द्र विष्ट (एपीएफ)