धनगढी–सोमबार देखी संञ्चालन हुने तेस्रो संस्करण रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को सम्पुर्ण तयारी पुरा भएको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल भोलि बिहान ९ः०० बजेबाट संञ्चालन हुनेछ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास शाहिले खेल नेपाललाई जानकारी दिए।
प्रतियोगिताको भोलि हुने पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सको सामना गर्ने छ। प्रतियोगितामा ६ सहरका ६ टिमहरुले सहभागिता जनाउने छन् ।

