धनगढी– सोमबारबाट फाप्ला क्रिकेट मैदानमा सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल) टी–२० क्रिकेटको पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्स्लाई १३३ रनका लक्ष्य प्रस्तुत गरेको छ ।
आज भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्टार्सले ५ विकेट गुमाउँदै १३२ रन जोडेको हो ।

खेलको सुरुवात देखिनै खराव प्रदर्शन गरेको स्टार्सका लागि अमित श्रेष्ठले अर्धसतक बनाउन सफल भए । उनले ५० बलमा २ छक्का र ४ चौकाको मद्दतमा ५० रनको योगदान गरे ।
त्यस्तै सन्दिप रजाईलीले २८ रन जोड्न सफल भए । त्यस्तै पवन सराफले १९ रन बनाउदा सौरब खनालले नट आउट २५ रन बनाउन सफल भए । धनगढीका सुनिल धमलाले ३ रन बनाउदा रोहन मुस्तफा सुन्य रनमा आउट भए । कप्तान सोमपाल कामीले कुनै पनि रन जोड्न सकेनन् ।

बलिङतर्फ काठमाडैंका नन्दन कुमार यादवले सर्वाधिक २ विकेट लिए । ललित राजवंशि र अमित दवासले समान १–१ विकेट लिए ।
अवको केहि समयमा काठमाडौंले ब्याटिङ गर्दै छ ।
