धनगढी–तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट अन्तरगत बुधबार भएको तेस्रो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर किङस सामु १३५ रनको लक्ष्य दिएको छ ।

काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १३४ रन बनाउन सफल भयो । योसंगै अव महेन्द्रनगरले १३५ रनको लक्ष्य पाएको छ ।
धनगढीको फाप्ला मैदान भइरहेको खेलमा महेन्द्रनगर युनाइटेल टस जितेर पहिले पिल्डिङ गर्ने निर्णय गरेको थियो ।

काठमाडौंका लागि अंकित दवासले अर्धसतकिय पारी खेले । अंकितले सवार्धिक ६५ रनको योगदान गरे । उनले ५ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाउन सफल भएका हुन् ।
त्यस्तै योगेन्द्र सिहं कार्कीले २२ रनको योगदान गरे । उनले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडेका हुन् ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गरे । उनले १४ बल खेल्दै १ चौकाको सहयोगमा १४ रन बनाउन सफल भएका हुन् । यस्ते मेहेबुब आलमाले १३ रनको योगदान गरे ।

काठमाडौंको ओपनरमा आएका अनिल शाहाले ४ रन बनाउदा गौरव तमोरले मात्र १ रन बनाए भने सोनु तामाङले पनि मात्र १ रन जोड्न सके ।
बलिङ तर्फ महेन्द्रनगरका लागि अमर सिंह राउटेलले सर्वाधिक २ विकेट लिए । त्यस्तै अबिनास बोहोरा, सागर ढकाल र मोहमेद नाविदले समान १–१ विकेट लिए ।
