काठमाडौं– आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) आफ्नो पहिलो खेलमा खेलमा मलेसियाको सामना गर्दै छ ।
गत महिना थाइल्याण्डमै भएको वुमन्स टी–२० स्म्यास प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
खेल नेपाली समय अनुसार पौने ९ बजे हुनेछ ।
नेपाल मलेसियालाई यो भन्दा पहिला पनि हराएको हुनाले आजको खेलमा उच्च मनोबलाका साथ नेपाली अहिला क्रिकेट टोली सुखद शरुवात गर्ने पक्षमा छ ।
मलेसियाले भने आफ्नो पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गरि सकेको छ । मलेसियाले कुवेतलाई ६३ रनले पराजित गरेको थियो ।
यसैले पनि मलेसिया पुनः दोस्रो खेलमा नेपाललाई पराजित गर्ने दाउमा रहने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–२० विश्वकप र एकदिवसीय विश्व कपको ग्लोबल छनोटमा पुग्नेछ ।
