काठमाडौं– विभागिय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरलाइनल खेलमा पुलिस दाउफिन्ससँग २–१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गोल गरे । त्यसअघि खेलको ३७ औं मिनेटमा बिजिक बिजिकको गोलबाट दाफिन्सले खेलमा अग्रता बनाएको थियो ।
खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर, पुलिस अतिरिक्त समयमा दाफिन्ससँग पराजित हुन पुग्यो ।
पहिलो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले दाफिन्सको सामना गर्ने छ ।
