नेपाल कुङग –फु संघको कार्तिक २८ गते बुधबारको निर्णय अनुसार नेपाल कुङग –फु संघ केन्द्रीय कार्य समितिको सदस्य पदमा देबेन्द्र तन्डुकारलाइ मनोनयन गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १४ कलंकी निवासी तन्डुकार जिल्ला खेलकुद विकास समिति काठमाडौंका समेत सदस्य भएर काम गरिरहेका छन् ।
उनलाई कार्तिक २८ गते बुधबार मनोनयन गरिएको हो । मनोनयन पश्चात कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै तन्डुकारले आफ्नो कार्यकालमा नेपाल कुङग –फु संघको खेलको विकास र विस्तार एबम अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने काममा सदैब लाग्ने बताएका छन्। साथै आफुलाई उक्त पदमा मनोनयन गर्ने सबैलाई धन्यबाद दिएका छन् ।
