काठमाडौँ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिएपपनि पाकिस्तान सुपर लिगमा उनको टिम लाहोर कल्नदर्स पराजित भएको छ।
गएराती भएको खेलमा लाहोर कराची किंग्ससँग ५ विकेटले पराजित भयो।
सन्दीपले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै ४ ओभरमा १७ रन रख्चेर २ विकेट लिएपनि जिताउन सकेनन्।
लाहोरले दिएको १३४ रनको लक्ष्य कराचीले १९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।
सन्दीपले कराचीका बाबर अजाम र कलिन मुनरोलाई आउट गरेका थिए। यी दुई खेलाडी टी २० वरीयतामा शीर्ष दुईमा रहेका ब्याट्सम्यान हुन्।
कराचीलाई जित दिलाउन इफ्तीखर अहेमदले अलराउण्ड प्रदर्शन गरे। बलिङमा २ विकेट लिएका उनले ब्याटिङमा नटआउट ३३ रन बनाए। कराचीका लागि लिअम लिभिङस्टोनले ३८ रन जोडेका थिए।
इफ्तीखरले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि लाहोरले निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो। लाहोरका ए बी डे भिलियर्सले ३३ रन बनाउदा सोहेल अख्तरले नटआउट २९ रन बनाएका थिए।
