मार्च १२ तारिख देखि २२ तारिख सम्म बिराटनगरको शहिद मैदानमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन नेपाल आएको भुटानलाई नेपालको यु१९ टिमले २-२ को बराबरीमा रोकेको छ।
सातदोबाटो स्थित एन्फा कप्लेक्समा भएको खेलमा भुटानलाई बराबरीमा रोक्न नेपालको तर्फबाट रश्मी कुमारी घिसिङ र सबिता राना मगरले एक एक गोल गरिन्। यसअघि पहिलो हाफको समाप्तीमा २-१ को अग्रता बनाएको भुटानले अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो।
नेपालले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। फ्रेन्डली म्याच भएकोले दुवै टिमले नयाँ खेलाडीलाई मौका दिएका थिए। नेपाल यु१९ महिला टिमले भने अप्रिल महिनामा आयोजना हुने एएफसी यु१९ दोश्रो चरण छनौट खेल्नेछ।
आजको खेल तस्बिरमा (तस्बिर श्रोत: एन्फा)

