काठमाडौं । घुँडामा चोट लागेकी भलिबल खेलाडी कमला पुनको शुक्रबार सफल शल्यक्रिया भएको छ ।
घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएपछि पीडा भोगेकी कमला बि एण्ड बी अस्पतालमा भर्ना भएकी थिइन् ।
सफल शल्यक्रिया भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत कमलाले शुभचिन्तक सबैलाई धन्यवाद दिएकी छिन् ।
