एजेन्सी-इंग्लिश प्रिमियर लिग फुटबल अन्तरर्गत गय राति भएको खेलमा लिभरपुलले आर्सनल माथि गोलको बर्षा गरेको छ । शिर्ष स्थानको लिभरपुलले आर्सनलमाथि ५–१ को जीत निकाल्दै उपाधि होडमा झनै बलियो दाबेदारि प्रस्तुत गरेको हो ।
शनिबार राती भएको खेलमा शुरुवाती अग्रता आर्सनलले लिएपनि उक्त अग्रतालाई अन्त्य सम्म जोगाइराख्न भने सकेन । लिभरपुलको जीतमा रोबर्टो फिरमिले ह्याट्रिक गरे । त्यस्तै साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे ।

लिभरपुलको घरेलु मैदान भएको खेलमा एन्स्ले मेइटल्याण्ड नाइल्सले खेलको एघारौं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले एलेम्स आयोबीको पासमा गोल गरेका हुन् । यो मेइटल्याण्ड नाइल्सको आर्सनल करियरकै पहिलो गोल पनि हो ।
उता लिभरपुलले आर्सनलको गोल भएको तीन मिनेट पछिनै गोल फर्काउन सफल भयो । लिभरपुलका लागि १४ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा पु¥याए । आर्सनलका डिफेन्डरले क्लीयर गर्न नसकेको बललाई फिरमिनोले गोलमा परिणत गरे । त्यसको दुई मिनेट वित्न नपाउँदै फिरमिन्होले अर्को गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
त्यस्तै ३२ औं मिनेटमा मोहम्मद सलाहको पासमा साडियो मानेले गोल गरेपछि लिभरपुलले ३–१ को अग्रता लियो ।

निकैनै आक्रमक खेल पस्किरहेको लिभरपुलले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी पायो । ग्रानिट जाकाले मोहम्द सलाहलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले गोलमा परिणत गरे ।
दोस्रो हाफमा झनै बलियो भएर मैदान प्रवेश गरेको लिभरपुलले ६५ औं मिनेटमा अर्को पेनाल्टी पायो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै रोबर्टो फिरमिनोले ब्यक्तिगत ह्याट्रिक पूरा गरे । बाँकी समयमा दुबै तर्फबाट गोल हुन सकेन ।
जीतसँगै लिभरपुलले ५४ अंक बनाएको छ । दोस्रो स्थानको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले पराजित भएपछि लिभरपुलको अग्रता ९ अंकमा लम्बिएको हो ।
