काठमाडौं । नेपालमा क्रिकेटको दुई दिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्ष सुरु भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी र राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा शुक्रबारबाट कोर्ष सुरु भएको हो।
कोर्षमा नेपालका ५१ जना अम्पायर तथा स्कोररहरुको सहभागिता रहेको छ । कोर्षमा सहभागीलाई नेपालका अन्तराष्ट्रिय अम्पायरहरु विनय झा, बुद्धी बहादुर प्रधान र देवेन्द्र सुवेदीले प्रशिक्षण दिईरहेका छन् ।
कोर्षमा सहभागीहरुलाई विश्व क्रिकेटमा प्रयोग भएका नयाँ नियमसँगै पुराना नियमहरुको बारेमा जानकारी गराईने छ । कोर्षको उद्घाटन राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले गरेका थिए ।
