अस्ट्रेलिया र इंग्ल्याण्ड बीच जारि एसेज सिरिज अन्तर्गत दोश्रो टेस्टको चौथो दिनको खेल जारि रहेको छ।
वर्षाले प्रभावित टेस्टको दोश्रो इनिंगमा ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ इंग्ल्याण्ड पेस बलर जोफ्रा आर्चरको बाउन्सरले लागे पछि रिटायर्ड हर्ट हुँदै मैदान बाहिरीएका हुन्।
खेलमा टस जितेर अस्ट्रेलियाले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो इनिंगमा २५८ रन बनाएको थियो। दोश्रो इनिंगमा ब्याटिंग गर्ने क्रममा ७१/४ को नाजुक अवस्थामा रहेको अस्ट्रेलियालाई उत्कृस्ट इनिंग खेल्दै स्टिभ स्मिथले जोगाएका थिए।
८० रन बनाएर लर्ड्स मैदानमा ऐतिहासिक शतकको नजिक पुगेका स्मिथलाई ७७ औं ओबरमा आर्चरले गरेको बल उनको टाउकोको दायाँतर्फ लागेको थियो। ९२.४ माइल प्रतिघण्टाको गतिमा आर्चरको बलले लागे पछि स्मिथ ढलेका थिए।

ढलेको केहि समय पछि मात्रै उठ्न सकेका स्मिथले इनिंग निरन्तरता दिन चाहे पनि फिजियोको सल्लाहमा मैदान बाहिर लागिएको थियो। स्मिथ मैदान बहिरिंदा दर्शकहरुले तालि बजाउदै सम्मान गरेका थिए।
स्मिथ बाहिरिदा उनको स्थानमा ब्याटिंग गर्न पिटर सिडल आएका थिए।
भिडियो
Jofra Archer just did this to Steve Smith. Can’t help but think about Phil Hughes. Frightening!#Ashes19 pic.twitter.com/O216t7wVQJ
— Hitesh Chugani (@hitsubishi) August 17, 2019
Merciless Jofra Archer ??
Hope Smith is Well#TheAshes2019 pic.twitter.com/JlDVWFyFLJ— ? (@sharukhCric_) August 17, 2019
चौथो नम्बरमा ब्याटिंग गरेका स्मिथले पाँचौ विकेटको लागि ट्राभिस हेडसंग ३१ रनको तथा छैठौं विकेटको लागि कप्तान टिम पेनसंग ६० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई खराब अवस्थाबाट उकासेका थिए।
यो समाचार तयार पार्दा अस्ट्रेलियाले ७ विकेट गुमाएर २१८ रन बनाएको छ र इंग्ल्याण्डको पहिलो इनिंग स्कोर भन्दा ४० रनले पछि रहेको छ। स्मिथ पुनः ब्याटिंग गर्न आएका छन्। अब मात्र १ दिनको खेल बाँकी रहंदा टेस्ट बराबरी हुने सम्भावना प्रवल देखिएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया २५१ रनले विजयी भएको थियो।
१ वर्षे प्रतिवन्ध पछि टेस्ट क्रिकेटमा कमब्याक गरेका स्मिथले पहिलो टेस्टको दुवै इनिंगमा शतक बनाउदै सबैको तारिफ बटुलेका थिए।
फोटोहरु हेर्नुस –



