अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादलाई १२ महिनाको लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको छ। गत साता बोर्डले शहजादलाई बोर्डको अनुशासन समितिले अनिश्चितकालको लागि निलम्बन गरेको थियो।
निलम्बन पछि अब १ वर्षको अबधिमा कुनै पनि खालको क्रिकेटमा सहभागिता जनाउन पाउनेछैनन्।
शहजादलाई अफगानिस्तान बोर्डको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको हो। उनले देश बाहिर जानु भन्दा अघि क्रिकेट बोर्डको अनुमति लिएका थिएनन्। बोर्डको नियमानुसार देश बाहिर जानको लागी कुनै पनि खेलाडीले एसीबिको अनुमति लिनु पर्छ। उनले यो नीतिको बारम्बार उल्लङ्घन गरेका थिए।
Afghanistan Cricket Board’s discipline committee has suspended @MShahzad077 from participating in any form of Cricket for a period of one year after he was found in breach of ACB’s code of conduct.
Read more: https://t.co/geh5tFoAEH pic.twitter.com/uI5aqXqT1i
— Afghanistan Cricket Board (@ACBofficials) August 18, 2019
शहजादले बोर्डको नीति बिरुद्ध काम गरेको यो पहिलो पटक हैन। २०१८ मा उनले पेशावरमा क्रिकेट प्रतियोगिता खेल्नको लागि पनि आचारसंहिता उल्लङ्घन गरेका थिए।
“एसीबिसंग आफ्नै देशमा अभ्यास गर्ने निकै राम्रो सुबिधा रहेको छ। अरु देशमा अफगान क्रिकेटरलाई त्यो कामको लागि जाने जरुरि छैन।” एसीबीले बिज्ञप्तिमा लेखेको छ।

३२ वर्षीय शहजादलाई २०१९ विश्वकपको दौरान घुंडाको छोटको कारण भन्दै उनको सट्टा अर्का ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन गरेको थियो। तर शहजादले भने एक अन्तर्वार्तामा रुँदै आफुलाई टिमबाट षडयन्त्रपुर्वक निकालिएको बताएका थिए।
सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजादले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्। यस्तै उनले २ वटा टेस्ट र ६५ टि-२० समेत खेलेका छन्। टेस्टमा ६९ रन तथा टि-२० मा एउटा शतक मदतले १,९३६ रन बनाएका छन्।
