इंग्ल्याण्डमा जारि एसेज सिरिज अन्तर्गत तेश्रो टेस्ट अघि इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जेसन रोय घाइते भएका छन्। उनी तेस्रो टेस्टको तयारि गरिरहेको बेला बलले टाउकोमा लागेर घाइते भएका हुन्।
अस्थाई रुपमा अभ्यास सत्रमा सामेल भएका इंग्ल्याण्डका पुर्व अन्तर्राष्ट्रिय खेलाडी मार्कस ट्रेसकोथिकले फालेको बलले ब्याटिंग अभ्यासको क्रममा सिधा टाउकोमा लागेको थियो। त्यसपछि उनको मेडिकल जांच भएको थियो। जाचँको क्रममा उनि फिट देखिएपनि आज हुने खेलको केहि समय अगाडी अन्तिम चेकअप गरिनेछ जसपछि उनको अन्तिम ११ मा स्थान बारे निर्धारण गरिनेछ।
स्मिथ नखेल्ने
इंग्ल्याण्डमा जारि ५ टेस्ट खेलको एसेज सिरिज अन्तर्गत आजदेखि लिड्समा हुन लागेको तेस्रो खेलमा स्टिव स्मिथ खेल्नेछैनन्।
अष्ट्रेलियाले जित्दा दुवै पारीमा शतक तथा बराबरीमा सकिएको दोश्रो टेस्टको पहिलो पारीमा समेत शतक नजिक पुगेका स्मिथ नखेल्दा अष्ट्रेलियाको टिम सन्तुलनमा ठुलो असर गर्नेछ।
दोश्रो टेस्ट खेलमा ८० रन बनाएर लर्ड्स मैदानमा ऐतिहासिक शतकको नजिक पुगेका स्मिथलाई ७७ औं ओभरमा जोफ्रा आर्चरले गरेको बल उनको घांटीको पछाडीतर्फ लागेको थियो। ९२.४ माइल प्रतिघण्टाको गतिमा आर्चरको बलले लागे पछि स्मिथ ढलेका थिए। त्यसपछि रिटायर्ड हर्ट हुँदै मैदान बाहिरिएका स्मिथ पुनः केहि बेरमा ब्याटिंग गर्न आएका थिए। त्यसपछि ९२ रन बनाएर उनि आउट भएका थिए।
Steve Smith has been ruled out of the third Ashes Test at Headingley. #Ashes pic.twitter.com/yEgb65x0NI
— ICC (@ICC) August 20, 2019
त्यसपछि उनि मैदानमा आएनन्। उनको स्थानमा पहिलोपल्ट अन्तराष्ट्रिय क्रिकेटमा ‘पूर्ण’ सब्स्टिट्युट गरिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषदको पछिल्लो नियम अनुसार यदि कुनै खेलाडी घाइते भए उसको स्थानमा त्यस्तै किसिमको खेलाडीले प्रतिस्थापन गर्नेछ जसले ब्याटिंग, बलिंग र फिल्डिंग गर्न पाउनेछन्। त्यसको लागि म्याच रेफ्रीको अनुमति रहनुपर्नेछ। उनको स्थानमा मार्कस ल्याबुसेनले खेल्ने मौका पाएका थिए। दोश्रो पारीमा स्मिथको अनुपस्थितमा मार्कस ल्याबुसेनले १०० बलको सामना गर्दै ५९ रनको महत्त्वपूर्ण पारि खेलेका थिए।
Cricket Australia’s full statement on the delayed concussion of Steve Smith.https://t.co/9nb4O87z0t | #ENGvAUS | #Ashes pic.twitter.com/lPbHMjrR3m
— ESPNcricinfo (@ESPNcricinfo) August 18, 2019

दोश्रो टेस्ट जारि रहँदा शनिबार गरिएको टेस्टहरुमा स्मिथ ठिक देखिए पनि आइतबार बिहान उठ्दा उनलाई रिंगटा लागेपछि टेस्टको पाँचौ दिन फिल्डिंग गर्न उत्रिएका थिएनन्।
स्मिथले जारि सिरिजको ३ पारि मा खेल्दै ३७८ रन बनाएका छन्। उनि सन् २०१७ मा दक्षिण अफ्रिकामा भएको स्याण्ड पेपर केसमा १ बर्षको प्रतिबन्धपछी अन्तराष्ट्रिय क्रिकेट तथा १८ महिनाको अन्तरालपछी यसै सिरिज मार्फत टेस्ट क्रिकेटमा फर्केका थिए।
सन् २०१४ मा अष्ट्रेलियाको घरेलु क्रिकेटमा यस्तै प्रकृतिको घटना हुँदा फिलिप ह्युजले ज्यान नै गुमाउनु परेको थियो। उनको जर्सीलाई सगरमाथामा राखिएको छ भने नेपालमा उनको सम्मानमा च्यारिटी खेल समेत आयोजना गरिएको थियो।

