भारतको वेस्ट इन्डिज टुर अन्तर्गत २ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा भारतले २९७ रन बनाएको छ।
टस हारेर ब्याटिंग गरेको भारतले पहिलो दिनको समाप्तिमा २०३/६ को अवस्थाबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको भारतले थप ९४ रन जोड्न सक्यो।
भारतको लागि अजिंके रहानेले सर्वाधिक ८१ रन बनाए भने रभिन्द्र जडेजाले ५८, केएल राहुलले ४४ रन बनाए।

पहिलो दिन खराब सुरुवात गरेको भारतले ओपनर मायाँक अग्रवाल ( ५ रन ) , चेतेश्वर पुजारा ( २ रन ) र कप्तान बिराट कोहली ( ९ रन ) लाई छिट्टै गुमाउन पुगेको थियो। २५/३ को अवस्थाबाट केएल राहुल र अजिंके रहानेले चौथो विकेटको लागि ६८ रनको साझेदारी गरे। राहुल ४४ रन बनाएर रोस्टन चेजबाट क्याच आउट भए। त्यसपछि रहानेले पाँचौ विकेटको लागि हनुमा बिहारीसंग ८२ रनको साझेदारी गरे। बिहारीलाई रोचले ३२ रनमा क्याच आउट गरे। लगत्तै रहानेलाई ग्याब्रियलले बोल्ड गरे। ८१ रन बनाउने क्रममा रहानेले १६३ बलमा १० चौका प्रहार गरे।
दोश्रो दिन समाप्तिमा ३ रन बनाएर अविजित रहेका जडेजाले टेस्ट करियरको ११ औं अर्धशतक प्रहार गरे। सो क्रममा जडेजाले इशान्त शर्मासंग ६० रनको साझेदारी गरे। अन्तिम विकेटको रुपमा जेसन होल्डरबाट आउट भएका जडेजाले ५८ रन बनाउन ११२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। इशान्तले १९ रन बनाए।

वेस्ट इन्डिजको बलिंगमा केमर रोचले सर्वाधिक ४ विकेट ( २५-६-६६-४ ) तथा शानोन ग्याब्रीयल ( २२-५-७१-३ ) ३ विकेट लिए। यस्तै रोस्टन चेजले २ विकेट ( १६-३-५८-२ ) लिए।
टुर अन्तर्गत भारतले टि-२० सिरिज ३-० ले तथा एकदिवसीयको सिरिज २-० ले जितेको थियो।


