भुटानलाई सहजै पराजित गर्दै नेपाल फाइनलमा, उपाधिको लागि भारतसंग प्रतिस्पर्धा

लिग चरणको अन्तिम खेलमा भुटानलाई विशाल अन्तरले पराजित गर्दै नेपाल अन्डर-१५ पुरुष साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बिहिबार दिउसो सम्पन्न खेलमा भुटानलाई ६-० ले निराश पार्दै तेश्रो जित हात पार्यो। फाइनलमा नेपालले भारतको सामना गर्नेछ। लिग चरणको अन्तिम खेलमा भारतले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४-० ले पराजित गर्यो।

आयोजक भारतसहित, नेपाल, बंगलादेश, श्रीलंका र भुटान सहित ५ टिम सहभागी प्रतियोगिताको लिग चरणमा उत्कृस्ट हुने २ टिम फाइनल पुग्ने थियो। ४ खेल खेल्दा भारतले ४ वटै जित हात पार्यो र पहिलो हुँदै फाइनल प्रवेस गर्यो। नेपालले ४ मध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोर्दै ९ अंक बटुली दोश्रो स्थानमा रह्यो।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा भारतसंग ५-० गोल अन्तरको हार बेहोरेपछि लगातार ३ खेलमा जित हाँसिल गर्यो। यस क्रममा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले, बंगलादेशलाई ४-१ गोल अन्तरले र भुटानलाई ५-० गोल अन्तरले पराजति गर्यो।

भुटान बिरुद्ध ६-० को जितमा नेपालको लागि कप्तान प्रदिप लम्सालले २ गोल गरे। यस्तै निरञ्जन खत्री, क्रिस सापकोटा, सुगम जिम्मी र अशिम राईले १/१ गोल गरे।

नेपालले खेलको पहिलो हाफमा २-० को अग्रता लिएको थियो भने दोश्रो हाफमा थप ३ गोल गर्यो। खेलको पाँचौ मिनेटमै प्रदिपले गोल गरेका थिए। त्यसको ४ मिनेट पछि निराजन खत्रीले अग्रता दोब्बर गरेका थिए। दोश्रो हाफ सुरु भएको ३ मिनेटमै प्रदिपले व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ७५ औं मिनेटमा असिम राईले र ८५ औं मिनेटमा निराजन खत्रीले गोल गरे। इन्जुरी समयको अन्तिम मिनेटमा सुगम जिम्मीले गोल गरे।

साफ यु-१५को २०१३ देखि १७ सम्मको ५ वटा संस्करणमा नेपाली टिमले उपाधि जित्न सकेको छैन। पहिलो संस्करणमा नेपाल फाइनल पुगेको थियो। २ वर्ष अघिको संकरणमा पनि नेपालले फाइनल यात्रा गरेको थियो।

नेपाल र भारत बीचको फाइनल खेल शनिवार खेलिनेछ।

फोटोहरु – 

२०७६ भाद्र १२, बिहीबार मा प्रकाशित