- खेलनेपाल, असार २२
जुलाई २९ तारिखमा क्रिकेटको मक्का लर्ड्स क्रिकेट मैदानमा मेरीलेबोन क्रिकेट क्लब र नेदरल्याण्ड बीच खेलिने त्रिकोणात्मक सिरिज तथा अगस्त १ र ३ तारिकमा नेदरल्याण्डसंग खेलिने ऐतिहासिक एकदिवसीय सिरिजको लागि २० सदस्यीय नेपाली टिमको शुक्रबार घोषणा गरिएको छ।
नेपाली टिम :- पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुबास खकुरेल, प्रदिप ऐरि, हरि चौहान, अनिल साह, बसन्त रेग्मी, दिपेन्द्र ऐरि, बिनोद भण्डारी, करन केसी, ललित सिंह भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेसावकर, सॉम्पाल कामि, सुनिल धमला र सुशन भारी
टिमको घोषणा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) प्रतिनिधि अमिनुल इश्लाम, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटाको टिमले गरेको हो।
प्रतियोगिताको लागि नेपाली टिमले बन्दसत्रको सुरुवात शनिबारबाट गर्नेछ जसमा सहभागी हुन सम्पूर्ण सदस्यहरु काठमाडौँ पुगीसकेका छन्। टिमले शनिबार १० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास थाल्नेछ।

घोषणा गरिएको नेपाली टिममा गत महिना प्रधानमन्त्री कपमा राम्रो ब्याटिंग गरेका प्रदिप ऐरि र सुबास खकुरेलले स्थान बनाएका छन्। प्रदिप र सुबासले प्रतियोगितामा १/१ शतक प्रहार गरेका थिए भने प्रदिप प्रतियोगिताकै सर्वाधिक रन ( ३१५ ) बनाउने ब्याट्सम्यान थिए।
प्रधानमन्त्रि कपमा उत्कृस्ट खेलाडी चुनिएका सागर पुनलाई भने टिममा समाबेस गरिएको छैन। यस्तै रास्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ पनि अन्तिम २० मा नाम लेखाउन असफल रहे।

नेपाली सिनियर घरेलु राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक एकै खेलमा ह्याट्रिक तथा शतक बनाएका हरि क्षेत्री (चौहान) पहिलो पटक बन्दसत्रमा अटाएका छन्। प्रदेश नम्बर-१ संगको खेलमा उनले उक्त किर्तिमान बनाएका थिए। प्रतियोगितामा प्रदेश नम्बर-४ को प्रतिनिधित्व गरेका उनि उदयमान खेलाडी घोषित भएका थिए।
