तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदय गोल्ड्सले जितेको छ । उसले फाइनलमा मणिग्राम किंग्सलाई ८ विकेटले पराजित गर्यो । उपाधी जितेको ज्ञानोदयले नगद चारलाख रुपैयाँ तथा उपविजेता मणिग्रामले दुईलाख हात पार्यो ।
टस जितेर पहिले ब्याटिंग गरेको मणिग्रामले सबै विकेट गुमाएर ८७ रनमा समेटियो । अजय सहानीले सर्बाधिक २० रन बनाए । त्यस्तै कृष्ण कार्कीले १९ र दुर्गेश गुप्ताले १२ रन बनाए । ज्ञानोदयका सिद्धान्तराज शाही र कमल ओलीले समान ३/३ विकेट लिए । यस्तै जितेन्द्र सहानीले २ विकेट लिए ।
८८ रनको लक्ष्य पछ्याएको ज्ञानोदयले ९।१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । उसका शंकर रानाले ४० रन र देव खनालले ३३ रन बनाए । मणिग्रामका अनिल खरेलले १ विकेट लिए ।
सिद्धान्तराज शाही प्लेयर अफ द फाइनल घोषित भए ।
