वीरगंज प्रिमियर लिग टि-२० क्रिकेट मङ्सिर १४ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता नारायणी रंगशालामा आयोजना हुने आयोजकले जानेका छन् ।
यसअघि मङ्सिर २८ गतेदेखि पुष ५ गतेसम्म आयोजना हुने भनिएपनि पोखरा प्रिमियर लिगले आफ्नो खेलतालिका परिवर्तन गर्दै एकमहिना पछाडी सारेपछि आफुहरुले पनि सार्नुपरेको आयोजकले बताए । अब प्रतियोगिता मङ्सिर २१ सम्म हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार र उप-विजेताले १ लाख ८० हजार प्राप्त गर्ने आयोजक युनाइटेड क्रिकेट क्लब वीरगंजका संयोजक प्रफुल्ल सागरले बताए ।
८ दिनसम्म चल्ने प्रतियोगितामा प्रदेश २ का खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् । तीन प्रकारका खेलाडी तीन समूहमा विभाजित भएर प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगिताको अनुमानित खर्च २० लाख आंकलन गरिएको छ ।
यसरी भर्न सकिन्छ फारम
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले ई-सेवा मार्फत ५०० रुपैयाँ तिरेर विकेटनेपाल वा खेलनेपाल मार्फत अनलाईन फारम भर्न सक्नेछन । पैसा पठाउन मोबाइल नम्बर ९८०१७२९१८८ प्रयोग गर्न सक्नुहुनेछ ।
