नेपाल क्रिकेट संघ (क्यान), रुपन्देहीले सन् २०१९/२०२० को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर अनुसार पुरुष र महिला क्रिकेटका जिल्ला स्तरिय प्रतियोगिता आयोजना हुनेछन ।
रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा जिल्ला स्तरिय इन्टर कलेज च्याम्पियनसिप मङ्सिर ७ गतेदेखि आयोजना हुने उल्लेख गरिएको छ । प्रतियोगिता टि२० फर्म्याटमा हुनेछ । क्यान रुपन्देहीले शनिबार बोर्ड बैठक बसेर क्यालेन्डर सार्वजनिक गरेको थियो ।
त्यसबाहेक टि२० फ़र्मयाटको बिद्यालय स्तरिय महिला क्रिकेट प्रतियोगिता, ५० ओभरको रुपन्देही सुपर लिग डिभिजन ‘ए’ र ‘बि’, रुपन्देही टि२० च्याम्पियनसिप डिभिजन ‘ए’, ५० ओभरको ३ खेलको सिरिज अन्तर्गतको रुपन्देही इलाइट कप, ३ खेलकै सिरिजको २० ओभरको टि२० च्यालेंजर्स कप र ३-दिवसिय प्रेसिडेन्ट कप आयोजना हुनेछ । यी प्रतियोगिताको खेलतालिका भने क्यानको खेलतालिका लाई मध्यनजर गर्दै घोषणा गरिनेछ ।
क्यालेन्डर

