नेपाल टस जितेर बलिङ्ग गर्दै, ९ खेलाडीको प्रथम श्रेणी डेब्यु ( यस्तो छ अन्तिम-११ )

एमसीसी र नेपाल बीच तिन दिवसीय प्रथम श्रेणी खेलमा नेपालले टस जितेर पहिले फिल्डिंग रोजेको छ।

नेपालले १४ वर्ष पछि प्रथम श्रेणी क्रिकेट खेल्न लागेको हो। अन्तिम पटक नेपालले २००५ को अन्तर महादेशीय कपमा तिन दिवसीय प्रथम श्रेणी खेलेको थियो।

खेलमा नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, सन्दिप लामिछाने, शरद भेसावकर, सोमपाल कामि

सोमपाल कामि र शरद भेसावकर बाहेक सबै ९ जना खेलाडीहरुको यो प्रथम श्रेणी डेब्यु हो। सोमपालको नेपालको लागि भने यो डेब्यु हो।

खेलमा बसन्त रेग्मी घाइते भएका कारण खेलेनन्। यस्तै जितेन्द्र मुखिया र रोहित पौडेलले पनि अन्तिम-११ मा मौका पाएनन्।

२०७६ कार्तिक २०, बुधबार मा प्रकाशित