भारतलाई सिरिज बराबर गर्ने दबाब, बंगलादेशलाई सिरिज जित्ने मौका

(फिचर फोटो: पिटीआई) | बंगलादेश बिरुद्द टि२० शृंखला खेलिरहेको भारतीय टिमलाई सिरिज बराबर गर्ने दबाब रहेको छ । ३ टि२० खेल र २ टेस्ट खेलको सिरिजको लागि भारत भ्रमणमा आएको बंगलादेशले आइतबार सम्पन्न पहिलो टि२० खेलमा घरेलु टिमलाई ७ विकेटले पराजित गरेको थियो ।

पछिल्लो समय टि२० क्रिकेटमा नयाँ खेलाडीलाई मौका दिंदै आगामी विश्वकपको लागि बलियो टोलि र बेञ्च स्ट्रेन्थ तयार गर्ने उदेश्य लिएको भारतले आशा गरेअनुरुपको प्रदर्शन गर्न सकेको छैन । उसले कप्तान विराट कोहली, डेथ ओभर स्पेसलिस्ट जस्प्रित बुम्राह र भुवनेश्वर कुमार, अलराउण्डर हार्दिक पान्ड्या, पछिल्लो समय उत्कृस्ट कमब्याक गर्दै टिममा फर्किएका रविन्द्र जडेजा लगायतका अनुभवी र महत्वपुर्ण खेलाडीलाई आराम दिएको छ ।

यसवर्ष टेस्ट र एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेको भारतले टि२० क्रिकेटमा अष्ट्रेलियासंग पराजित भयो भने दक्षिण अफ्रिकासंग सिरिज बराबर गर्न सफल रह्यो ।

गुजरातमा आज हुन लागेको दोश्रो टि२० खेललाई मौसमले पनि साथ नदिनसक्ने प्रवल सम्भावना देखिन्छ । यदि मौसमले खेल पुरा हुन नसकेमा भारतलाई तेस्रो टि२० मा जित्ने पर्ने दबाब हुनेछ । खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे हुनेछ । यस सिरिजको पहिलो खेलमा प्राप्त हार यस फर्म्याटमा भारतले बंगलादेशसंग व्यहोरेको पहिलो हार हो ।

मुश्फिकर रहिम (फोटो: Getty Images)

कप्तान रोहित शर्माले भारत टि२० विश्वकप अगाडी सबै कम्बिनेसन प्रयोग गर्न तयार रहेको बताएका छन् । खेलमा शिखर धवन फर्मपनि महत्त्वपूर्ण हुनेछ । पहिलो खेलमा ४० रन बनाउन ४१ बलको सामना गरेका उनको फर्मलाई लिएर पुर्व कप्तान सुनिल गावास्करले पनि प्रश्न उठाएका थिए । त्यस्तै रिसब पन्तको प्रदर्शन पनि भारतलाई छोटो फर्म्याटमा अहिलेसम्म फलदायी हुन सकेको छैन ।

अन्तिम २ ओभरमा ३० रन बनेपछि भारतले पहिलो खेलमा १४८ रनको योगफल बनाएको थियो जुन बंगलादेशले सजिलै पुरा गर्यो । यसअघि दुई पटकको भेटमा जित नजिक पुगेर पनि जित निकाल्न नसक्दा आलोचना व्यहोरेका मुश्फिकर रहिमले यसपटक भने अविजित ६० रनको सानदार परी खेल्दै म्यान अफ द म्याच बने ।

बंगलादेशका महत्त्वपूर्ण खेलाडी साकिब अल हसनको अनुपस्थितीमा बंगलादेशलाई पनि भारत बिरुद्दको सिरिज जित्न सहज हुनेछैन । भारत सिरिज बराबरी गर्ने दाउमा हुनेछ भने बंगलादेशले जित निकाल्दै २-० को जित साथ सिरिज आफ्नो नाममा गर्ने दाउमा हुनेछ ।

२०७६ कार्तिक २१, बिहीबार मा प्रकाशित