१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत नेपाली पुरुष फुटबल टिमले पहिलो खेल भुटानसंग खेल्ने भएको छ।
साग फुटबलमा भारत र पाकिस्तान सहभागी रहेका छैनन् जसकारण नेपाल सहित बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान गरि ५ राष्ट्रको सहभागिता रहनेछ।
५ वटा राष्ट्र मात्र खेल्ने भएपछि साग फुटबल अब राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। अब सबै टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले स्वर्ण पदकको खेल्नेछ। साग फुटबलमा २३ वर्ष मुनिको खेलाडीहरु खेल्नेछन्।

अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले बिहिबार प्रतियोगिताको नयाँ खेलतालिका सार्वजनिक गरेको छ। तालिका अनुसार पहिलो दिन डिसेम्बर २ ( मङ्सिर १६ ) मा बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्।
नेपालले आफ्नो खेल मङ्सिर १७ ( डिसेम्बर ३ ) मा भुटानसंग खेल्नेछ। दशरथ रंगशालामा हुने खेल दिउसो १ बजे सुरु हुनेछ। नेपालले दोश्रो खेल श्रीलंकासंग डिसेम्बर ४ ( मङ्सिर १८ ) बेलुका ५ बजे खेल्नेछ। तेश्रो खेल माल्दिभ्ससंग मङ्सिर २० ( डिसेम्बर ६ ) बेलुका ५ बजे खेल्नेछ भने चौथो खेल बंगलादेशसंग मङ्सिर २२ ( डिसेम्बर ८ ) बेलुका ५ बजे खेल्ने तालिका रहेको छ। फाइनल खेल १० डिसेम्बर ( मङ्सिर २४ ) मा हुनेछ।
नेपालको खेल तालिका
बिरुद्ध भुटान – डिसेम्बर ३ ( मङ्सिर १७ ) – ३ बजे
बिरुद्ध श्रीलंका – डिसेम्बर ४ ( मङ्सिर १८ ) – ५ बजे
बिरुद्ध माल्दिभ्स – डिसेम्बर ६ ( मङ्सिर २० ) – ५ बजे
बिरुद्ध बंगलादेश – डिसेम्बर ८ ( मङ्सिर २२ ) – ५ बजे

साग फुटबलमा १४ हजार टिकट बिक्रि गरिने, यसरी काट्न सकिन्छ
दक्षिण एसियाली फुटबल (साग) अन्तर्गतको दशरथ रंगशालामा आयोजना हुने पुरुष फुटबल प्रतियोगिताको लागि हरेक दिन १४ हजार टिकट बिक्रि गरिने भएको छ।
२०७२ सालमा आएको भुकम्पले क्षतिग्रस्त बनेको नेपालको एकमात्र अन्तराष्ट्रिय फुटबल मैदान करिब ५ बर्षपछि खेल्न योग्य बनेको हो । यसलाई खेल्न योग्य बनाउन र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नको लागि पुन अन्तराष्ट्रिय योग्यता प्राप्त बनाउंदै १५ हजार सिटहरु समेत जडान गरिएको छ । तर सिट संख्या १५ हजार भएपनि दर्शकले भने १४ हजार टिकटमात्र काट्न पाउने छन्।
टिकट मूल्य कति , कसरि काट्ने टिकट
यस प्रतियोगिताको लागि दर्शकले अनलाईन पार्टनर रहेको ई-सेवाको मोबाइल एप्लिकेसन र वेबसाइटबाट काट्न सक्नेछन् । प्रतियोगिताको उद्घाटन दशरथ रंगशालामा नै मङ्सिर १५ गते हुनेछ।

दर्शकले दशरथ रंगशालामा फुटबलको लागि साधारण तर्फ ५०० र भिआईपी तर्फ १००० रुपैयाँको टिकट काट्न सक्नेछन् । टिकट काट्दा सिट नम्बरपनि उपलब्ध हुने ई-सेवाले जनाएको छ। खेल हुने दिन अनिवार्य रुपमा टिकटको प्रमाण र आफ्नो परिचय खुले कागजपत्र बोकेर जानुपर्नेछ। फुटबल तर्फका खेलहरु मङ्सिर १६ गतेदेखि सुरु हुनेछन्।
