१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) औपचारिक रुपमा आइतबार देखि सुरु हुँदैछ। सागको उद्घाटन राष्ट्रपति विधादेवी भण्डारीले गर्नुहुनेछ। उद्घाटन समारोह ४ बजे पछि सुरु हुनेछ र ३ घण्टा १४ मिनेट चल्नेछ।
उद्घाटनमा नेपालको संस्कृति झल्किने बिभिन्न प्रस्तुतिहरु रहनेछन्। यस्तै इन्दिरा जोशी, आनन्द कार्की, सत्यराज आचार्य लगायत चर्चित गायक-गायिकाहरुको प्रस्तुति रहनेछ। यस्तै समारोहमा ओलम्पिक टर्चबाट दिप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, मार्चपास, तथा राष्ट्रपतिद्वारा उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम हुनेछ।
साग उद्घाटनको लागि शुक्रबारनै रिहर्सल गरिएको थियो। उद्घाटन र समापनमा विद्यार्थी’, प्रहरी, आर्मी, शशस्त्र प्रहरी गरि करिब १५ हजार जना सहभागी हुनेछन्।
सागमा कुल २८ खेल समावेस रहेका छन् जसमा ३ सय १७ स्वर्ण , सोहि संख्यामा रजत तथा ४ सय ८१ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ। खेलहरु काठमाडौँ, पोखरा र जनकपुरमा संचालन हुनेछन्।
२०७२ सालको भूकम्पको कारण पुनर्निर्माण हुँदा लामो समय संचालनमा नआएको दशरथ रंगाशाला सागबाट संचालनमा आउनेछ।
उद्घाटनको अघिल्लो दिन यस्तो देखियो दशरथ रंगशाला

रंगशाला बाहिर

