१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाली पुरुष क्रिकेट टिमले आफ्नो पहिलो खेलमा मंगलबार श्रीलंका अन्डर-२३ क्रिकेट टिमसंग प्रतिस्पर्धा गर्दैछ। टियु मैदान किर्तिपुरमा ११ बजे देखि खेल सुरु हुनेछ।
साग पुरुष क्रिकेटमा नेपाल सहित, बंगलादेश यु-२३, श्रीलंका यु-२३, माल्दिभ्स र भुटान गरि ५ टिम सहभागी रहेका छन्। भारत र पाकिस्तानले भने सहभागिता जनाएनन्।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा सबै ५ टिमले एकअर्का बिरुद्ध खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्णपदकको लागि खेल्नेछन्। यस्तै अंकतालिकामा तेश्रो र चौथो स्थानमा रहने टिमले कास्य पदकको लागि खेल्नेछन्।
नेपालले आफ्नो पहिलो खेल श्रीलंका अन्डर-२३ संग डिसेम्बर ३ ( मङ्सिर १७ ) , दोश्रो खेल भुटानसंग डिसेम्बर ५ ( मङ्सिर १९ ) मा खेल्नेछ, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ ( मङ्सिर २० ) मा तथा चौथो खेल बंगलादेश यु-२३ संग डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल्ने तालिका रहेको छ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।
श्रीलंका यु-२३ टिममा श्रीलंकन राष्ट्रिय टिममा डेब्यु गरिसकेका दुइ खेलाडी असिथा फर्नान्डो र कामिन्दु मेन्डिस रहेका छन्। दुवै खेलाडी गत महिना बंगलादेशमा सम्पन्न इमर्जिंग टिम्स कपको टिममा पनि थिए।

असिथाले श्रीलंकाको लागि मात्र १ खेल खेलेका छन्। २०१७ मा जिम्बाबे बिरुद्ध डेब्यु गरेपछि उनले मौका भने पाएका छैनन्। यस्तै गत वर्ष इंग्ल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कामिन्दु मेन्डिस पनि टिममा छन्। उनले हालसम्म श्रीलंकाको लागि २ वटा एकदिवसीय र ४ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्।
श्रीलंका टिम :- शम्मु अशन ( कप्तान ) , काभिस्का अन्जुला, छरित असलंका, अशेन बन्डारा, हसिथा बोयगोडा, बिश्व चथुरंगा, सचिन्दु कोलाम्बगे, जेहान ड्यानियल, असिथा फर्नान्डो, निशान मदुस्का, कामिन्दु मेन्डिस, पथुन निसांका, निशान पेरिस, कलाना परेरा, दुभिन्दु तिलकरत्ने
नेपाली टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान
