१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला फुटबलको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली महिला फुटबल टिम भारतसंग १-० गोल अन्तरले पराजित भएको छ।
पोखरा रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा बाला देबीले १८ औं मिनेटमा गरेको गोलनै निर्णायक भएको हो।
हार पछि भारत अंकतालिकाको शिर्ष स्थानमा उक्लियो भने नेपाल दोश्रो स्थानमा रह्यो। भारत र नेपाल दुवै टिम यस अघिनै फाइनल प्रवेश गरिसकेका छन्। स्वर्ण पदकको लागि भारत र नेपालले डिसेम्बर ९ तारिक सोमबार खेल्नेछन्।

नेपालले यस अघि श्रीलंकालाई १-० ले तथा माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। भारतले भने माल्दिभ्सलाई ५-० ले तथा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो।
साग अन्तर्गत नेपाली पुरुष टिम पनि माल्दिभ्सलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ।

( फोटोहरु – गोलनेपाल )
