यसरी सुरु भयो न्यु डायमण्डको भलिबल यात्रा

काठमाडौँ : कुरा २०६२ साल तिरको हो । चन्द्रागिरीको फेद नजिकै रहेको पुरानो नैकापमा एउटा इतिहास जन्माउने कुरा उठ्यो ।

इतिहास हो “न्यु डायमण्ड एकेडेमी”

विद्यालय भलिबलमा विगत १० वर्ष देखि एक छत्र राज गर्दै आईरहेको एकेडेमीमा स्थापना कालमा जम्मा ८० जना विद्यार्थी थिए ।

सुरुवातमा जम्मा ८० जना विद्यार्थी भर्ना भए तर त्यसमा महिलाको सख्या सुन्य थियो । सबै केटाहरु मात्र भए ।

केहि समय पछि विद्यालयमा भलिबल खेल्ने कुरा चल्यो । जसमा एउटा पुरुष भलिबल टिम बन्यो । खेल पनि खेल्न गए ।

तर, सबै खेलमा हार भयो । अनि प्रत्येक खेलहरुमा खेलाडी पनि परिवर्तन भए । बिस्तारै एकेडेमिमा महिलाहरु पनि आउन थाले ।

पछि २०६४ जेठ ५ गते बाट बिधिवत रुपमा महिला भलिबलको तयारी शुरु गर्न थालियो ।

एकेडेमीले रमिला, रेश्मा लगायताका ९ जनाको ग्रुप छानेर प्रशिक्षण दिन थाल्यो ।

शुरु-शुरुमा त कसैले प्रशिक्षण लिन पनि मानेनन् ।

एकेडेमीले खेलाडीलाई मोटिभेट गर्नको निमित्त मोटिभेटरको रुपमा नेपाल पुलिस क्लबकी कोपिला उर्पेतिलाई ल्याएर मोटिभेसन कक्षा पनि दियो ।

कोपिला एक महिनासम्म एकेडेमीमा नै रहिन् । कोपिलाले भलिबलमा कमाएको शान एकेडेमीका खेलाडीहरुका लागि आदर्श बन्यो ।

२०६४ जेष्ठबाट प्रशिक्षण दिन थालेको एकेडेमीले आफ्नो पहिलो खेल २०६४ भाद्रमा खेल्न शुरु गर्‍यो । एकेडेमीको पहिलो खेल फस्ट ज्ञानकुञ्ज कप भ्यालिवाइट इन्टर स्कुल भलिबल प्रतियोगिता रहन गयो ।

पहिलो खेलमा २ नम्वर मा ल्याउँदा खेरि एकेडेमीको टोलि गर्भका साथ घर फर्कियो ।

एकेडेमिको टोलीमा नयाँ आशा र उमंग जाग्यो ।

एक वर्षसम्म राम्रो तयारी गरेर टोलीले पुन सोहि प्रतियोगितामा कम ब्याक गर्‍यो । जुन टोलीबाट पहिला ०–१–२ नम्वर ल्याएर हार ब्यहोर्नु परेको थियो । सोहि टोलिलाई १–२–१ मा जित्न सफल भयो ।

‘त्यहाँबाट विद्यालय स्तरमा एक छत्र राज गर्न सफल भयौ हामी ।’ एकेडेमिका प्रशिक्षक कुमार राईले भने ।

पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितासम्म मध्यमाञ्चलको जाउनलाखेल भलिबल ट्रेनिङ सेन्टर ललितपुरले राज गरेको थियो ।

दोलखाको चरिकोटमा पाँचौ राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा सोहि जाउलाखेलसंग भेट भयो । उनीहरुलाई पाचौँ सेटसम्म खेलेर हराउन सफल भयौँ साथै उसको इतिहाँस पनि तोडियो ।

एकेडेमीले गर्दा नै काठमाण्डौँ जिल्लाले पहिलो पटक भलिबलमा सफलता मिल्यो ।

एकेडेमीले राष्ट्रिय स्तरका खेलमा भने २०६९ सालमा डेब्यू गर्‍यो । नेपाल भलिबल एसोसियसनले खेलाएको पहिलो राष्ट्रिय महिला भलिबलमा नै एकेडेमिले सफता हात पार्न सफल भयो ।

एकेडेमी उक्त प्रतियोगितामा पहिलो हुन सफल भयो ।

एकेडेमीका प्रशिक्षक राई भन्छन्, “पछिल्लो चरणमा हाम्रो मुख्य प्रतिस्पर्धी भनेको ससस्त्र प्रहरीको एपीएफ मात्र हो त्यस बाहेक अन्य टोलीलाई हामीले सजिलै बिट गर्न सक्ने अवस्था भएको छ ।”

तयारि निरन्तर हुन्छ तर विद्यालय हुने भएकोले हामीलाई केहि असहज भएको छ । यदि उनिहरु जस्तै तयारी गर्ने हो भने, हामी पनि राष्ट्रिय स्तरको प्रतियोगितामा फस्टाउँछौ । राइले भने ।

एकेडेमीले हालसम्म राष्ट्रिय स्तरका दुई वटा कपहरु जितेको छ । तेस्रो नेपाल महिला लिग च्याम्पियन र पहिलो महिला भलिबल च्याम्पियन एकेडेमीको नाममा छ ।

एकेडेमीले भ्यालि बाहिरका जिल्लाहरुमा आयोजना हुने लिग हरुमा पनि आफ्नो जित निकाल्न सफल छ ।

सधै विद्यालय स्तरमा राज जमाउन सफल एकेडेमी राष्ट्रिय स्तरमा भने त्यति सफल हुन सकेको छैन । राष्ट्रिय स्तरमा सफल नहुनु पछिको राज भने हाइट धेरै भएको खेलाडी नहुनु रहेको प्रशिक्षक राईको भनाई छ ।

महिला भलिबलमा सफल मानिएको एकेडेमीले चार जना उच्च स्तरका राष्ट्रिय खेलाडी जन्माउन सफल भएको छ ।

रमिला तण्डुकारर, रेश्मा भण्डारी, कृपा अधिकारी र प्रतिमा मालि जस्ता राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल खेलाडी एकेडेमीकै उत्पादन हुन् ।

प्रशिक्षक राईलाइ भने यति खेलाडी उत्पादन गरेर नपुगेको जस्तो लाग्छ । निकट भविष्यमा अन्य राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्यमा उनि छन् ।

सधैँ नेपाल भित्रका खेलाडी संग मात्र भेट भएको एकेडेमीका लागि भने एभिएल महिला भलिबल लिग बेग्लै अनुभव बन्न पुग्यो ।

प्रशिक्षक राई भन्छन्, एभियलबाट हामीले राम्रै शिक्षा लियौँ । अब हामीले जान्नु पर्छ कि विदेशि खेलाडीसंग प्रतिस्पर्धा गर्न कस्तो प्रकारको खेलाडी चाहिन्छ । कस्तो प्रकारको स्पाइकर चाहिन्छ कस्तो प्रकारको डिफेन्स चाहिन्छ । यि सबै कुराको ज्ञान लगि सकेका छौ यो लिगबाट राईले भने ।

नैकापस्थित रहेको एकेडेमीमा हाल ४० जना महिला भलिबल खेलाडीहरुले प्रशिक्षण गरिरहेका छन् । एकेडेमी बाहिरका खेलाडी पनि प्रशिक्षणमा आउने प्रशिक्षक राईले जानकारी दिए । एकेडेमीमा प्रशिक्षण गर्दा पैशा भने दिनु पर्दैन् ।

जति जना हामीसंग तयारी गर्न आउन्छन हामि सबैलाई प्रशिक्षण दिन तयार छौ प्रशिक्षक राइले भने ।

 

२०७५ माघ ७, सोमबार मा प्रकाशित