एजेन्सी- एफ ए कप अन्तर्गत चेल्सी र नोटिङ्घम फरेस्ट बिच गएराती भएको खेल मिड फिल्डर सेस फेब्रिगासको लागि चेल्सीको तर्फबाट अन्तिम खेल बन्यो । यस अघि उनले चेल्सीको लागि उक्त खेल अफ्नो अन्तिम खेल हुने बाताएका थिए ।
स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा फेब्रिगासले अन्तिम खेल खेल्दै गर्दा आँखा रसाएको दृश्य देख्न सकिन्थ्यो। ३१ बर्षीय फेब्रिगास अब आफ्नो पुर्व सहपाठी थिएरी हेनरी भएको क्लब मोनाकोमा जानेछन्।
500 games in English football, what an achievement.
Thanks for the memories, @cesc4official. ? pic.twitter.com/masXnuEQuc
— The Emirates FA Cup (@EmiratesFACup) January 5, 2019
चेल्सीको तर्फबाट अन्तिम खेलमा कप्तानीको जिम्मेवारी समेत सम्हालेका उनले खेलमा पाएको एउटा पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा व्यक्तिगत रुपमा भने खेल सम्झनलायक रहेन। तर टिलाई सफलता भने हात पर्यो। चेल्सीले घरेलु मैदानमा भएको खेलमा फरेस्टमाथि २-० को जित हात पार्यो।
खेलमा ५ मिनेट बाकी रहेको समयमा टिम म्यानेजर माउरिजियो सारिले उनको स्थानमा एनगोलो कान्टेलाई मैदान भित्राएका थिए।
आँशु थाम्न नसकिरहेका फेब्रिगासलाई मैदानमा उपस्थित करिब चालिस हजार समर्थकले उठेर धन्यबाद ब्यक्त गरेका थिए। सन् २०१४ मा बार्सिलोना छोडेर चेल्सीमा आएका उनले चल्सीबाट
१३८ खेल खेल्दै १५ गोल गरेका छन्।
सम्बन्धित: एफए कप : आर्सनल र चेल्सी चौथो चरणमा, फरेस्ट र ब्ल्याकपूल पराजित
