फुटबल टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले नेपालको राष्ट्रिय फुटबल टिमका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

एन्फाले सोमवार राजधानीमा कार्यक्रम आयोजना गरी राष्ट्रिय फुटबल टिम पुरुष र महिलाको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

फुटबल टिमको लागि आधिकारिक किट उत्पादन कम्पनी केल्मीले निर्माण गरेको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले सार्वजनिक गरे।

यसअघि जस्तै रातो र निलो रङको जर्सी भएपनि नयाँ जर्सी पुरानो भन्दा अली फरक छ। नयाँ जर्सीको देब्रे भागमा अब एन्फाको नयाँ लोगो रहनेछ भने दायाँ भागमा केल्मीको लोगो राखिएको छ।

यस्तै अगाडी पट्टी विश्वको सर्वोच्च शिखर सगरमाथा अंकित छ।

२०७५ फाल्गुन २०, सोमबार मा प्रकाशित