शारीरिक सुगठन: आवाज र सरोजलाई स्वर्ण

रुपन्देही, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद १६ औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । बुटवल ४ स्थित महेन्द्र सभा गृहमा सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिह प्रथम हुदै स्वर्ण जितेका छन ।
यसैगरि झापाका हर्कबहादुर राई दोस्रो हुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुदै कास्यमा चित्त बुझाए । प्रतियोगिता अन्तरगत ६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेल प्रथम हुदै स्वर्ण जितेका छन । रुपन्देहीका सुनिल आले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँ कास्यबाट पुरस्कृत भए ।

प्रतियोगिताको ६५ केजी तौल समूहमा झापाका चन्द्र लक्ष्मण लिम्बू प्रथम हुदै स्वर्ण जितेका छन । कास्कीका सुरेश लामा रजत तथा रुपन्देहीका अमित पंगेनी कास्यमा चित्त बुझाए । ७० केजी तौल समूहमा काठमाडौका अनिल लाल श्रेष्ठ प्रथम हुदै स्वर्ण जितेका छन । झापाका रक्कि रिमाल दोश्रो हुदै रजत तथा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेश्रो हुदै कास्यमा चित्त बुझाए ।

प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मी रमेश कार्की प्रथम हुदै स्वर्ण जितेका छन । सुर्खेतका सुरेन्द्र थापा दोश्रो हुदै रजत र रुपन्देहीका खेम चौधरी तेश्रो हुदै कास्यमा चित्त बुझाए । यसैगरि ८० केजी तौल समुहमा रुपन्देहीका चन्द्रमान श्रेष्ठ प्रथम हुदै स्वर्ण पदक जितेका छन । यसैगरि काठमाडौका कृष्ण महर्जन दोस्रो हुदै रजत तथा कास्कीका विनय परियार तेश्रो हुदै कास्यमा चित्त बुझाए ।

प्रतियोगिताको ८० प्लस केजी तौलसमुहमा काठमाण्डौका नरेश मालाकार प्रथम हुदै स्वर्ण हात पारेका छन । बाकेका सुनिल कुमार भाट दोस्रो हुदै रजत तथा रुपन्देहीका विष्णुृ निषाद तेस्रो हुदै कास्यमा चित्त बुझाएका छन । सात स्वर्णका लागि ५५ केजी देखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए ।

एक कार्यक्रमका बिच प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

२०७६ बैशाख ६, शुक्रबार मा प्रकाशित