एकै दशकमा २० हजार रन पुरा गर्दै कोहलीको नयाँ विश्वकिर्तिमान

वेस्टइन्डिज बिरुद्ध तेश्रो एकदिवसीयमा करियरको ४३ औं एकदिवास्यी अन्तर्राष्ट्रिय शतक बनाएका भारतीय कप्तान बिराट कोहली एकै दशकमा २० हजार अन्तर्राष्ट्रिय रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन्।

घरेलु टिम विन्डीजलाई तेश्रो ओडीआईमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज २-० ले आफ्नो नाम गर्यो। खेलमा ९९ बलमा अविजित ११४ रन बनाएका कोहली प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज चुनिन पुगे।

१० वर्षको अवधिमा धेरै रन बनाउने ब्याट्सम्यानको सुचीमा कोहली पछि दोश्रो नम्बरमा रिकी पोंटिंग ( १८,९६२ रन ) , ज्याक कालिक ( १६,७७७ रन ) , महेला जयवर्दने ( १६,३०४ रन ) , कुमार साँगाकारा ( १५,९९९ रन ) , सचिन तेन्दुलकर ( १५,९६२ रन ) , राहुल द्रविड ( १५,८५३ रन ) र हाशिम अमला ( १५,१८५ रन ) रहेका छन्।

Credit – espncricinfo

यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एकै दशकमा धेरै रन बनाउने किर्तिमानमा कोहली अघि रहेका छन्।२०१० पछि कोहलीले ४२ शतक र ५१ अर्धशतक प्रहार गर्दै कुल ११ हजार ३६ रन बनाएका छन्। दोश्रो स्थानमा रहेका रिकी पोंटिंगले २००० देखि २०१० को अवधिमा २३ शतक र ५६ अर्धशतक मदतले ९ हजार १०३ रन बनाएका थिए। सचिन तेन्दुलकरले २०००-२०१० मा २१ शतक र ४९ अर्धशतक मदतले ८ हजार ८२३ रन बनाएका थिए। सचिनले १९९० देखि २००० सम्म २४ शतक र ४४ अर्धशतक मदतले ८ हजार ५७१ रन बनाएका थिए।

कोहलीले वेस्टइन्डिज बिरुद्ध लगातार २ शतक पुरा गर्ने क्रममा कोहली सचिन तेन्दुलकरको एकै देश बिरुद्ध धेरै शतक प्रहार गर्ने ब्याट्सम्यानको रेकर्ड बनाउन समेत नजिक पुगेका छन्। कोहलीले वानडेमा श्रीलंका , अस्ट्रेलिया र वेस्ट इन्डिज बिरुद्ध समान ८ शतक बनाएका छन्।

सचिन तेन्दुलकरले अस्ट्रेलिया बिरुद्ध ९ वटा शतक बनाउदै किर्तिमान बनाएका थिए। श्रीलंका बिरुद्ध पनि सचिनको ८ वटा शतक रहेको छ। वेस्ट इन्डिज बिरुद्ध कोहली पछि धेरै शतक बनाउने ब्याट्सम्यान हसिम अमला, एबि डी भिल्लीयर्स र हर्षल गिब्स हुन् जसले समान ५ शतक बनाएका थिए।

कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा सन् २००८ मा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए। यस्तै टेस्ट क्रिकेटमा सन् २०११ मा डेब्यु गरेका थिए। एकदिवसीयमा कोहलीको ११,५२० रन, टेस्टमा ६,६१३ रन तथा टि-२० अन्तर्राष्ट्रियमा २,३६९ रन रहेको छ।

३१ औं वर्षमा रहेका कोहलीको एकदिवसीयमा ४२ शतक रहेको छ जुन सचिन तेन्दुलकर पछि दोश्रो सर्वाधिक हो। सचिनको ४९ शतक रहेको छ। यही गतिमा कोहली अघि बढ्ने हो भने सचिनको रेकर्ड टुट्न धेरै समय लाग्नेछैन।

कोहलीको एकदिवसीयमा ४3 शतक रहेको छ जुन सचिन तेन्दुलकर पछि दोश्रो सर्वाधिक हो। सचिनको ४९ शतक रहेको छ। यही गतिमा कोहली अघि बढ्ने हो भने सचिनको रेकर्ड टुट्न धेरै समय लाग्नेछैन।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने ब्याट्सम्यान :- सचिन तेन्दुलकर – ४९ शतक , बिराट कोहली – ४3 शतक , रिकी पोंटिंग – ३० शतक , सनथ जयसूर्या – २८ शतक , हसिम अमला र रोहित शर्मा – २७ शतक , एबी डी भिल्लियर्स, क्रिस गेल, कुमार साँगाकारा – २५ शतक

एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि र विश्वकै धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन्। सचिनले १९८९ देखि २०१२ सम्म भारतको लागि एकदिवसीय खेल्ने क्रममा ४६३ खेलमा १८ हजार ४ सय २६ रन बनाएका थिए जुन क्रममा ४९ शतक र ९६ अर्धशतक प्रहार गरेका थिए।

 

२०७६ श्रावण ३०, बिहीबार मा प्रकाशित