एभिसी सेन्ट्रल जोन भलिबल : नेपालसंग बलियो प्रतिद्वन्दी किर्गिस्तान पराजित

बंगलादेशको राजधानी ढाकामा जारि एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला च्याम्पियनसिप अन्तर्गत लगातार दोश्रो जित निकालेको छ । केहिबेर अघि सम्पन्न खेलमा नेपालले किर्गिस्तानमाथि सहज जित निकालेको हो । यसअघि हिजो सम्पन्न खेलमा नेपालले कमजोर अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

किर्गिस्तान बिरुद्द जित निकाल्नेक्रममा नेपालले लगातार सुरुवाती ३ सेट नै जितेको छ । स्वर्ण जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले शहीद सुहरावर्दी इन्डोर स्टेडियममा जित निकाल्दा किर्गिस्तान बिरुद्द पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको हो । दोश्रो सत्रमा पुनरागमन गर्न खोजेको किर्गिस्तान २५-१९ को सेटमा पराजित भयो ।

नेपाल र अफगानिस्तानबिचको खेल (तस्बिर: एभिसी)

अन्तिम तथा तेस्रो सेटमा नेपालले २५-२० को सेटमा जित निकालेपछि किर्गिस्तान सोझो सेटमा पराजित भएको हो । नेपाल लगातार २ जित सहित ६ अंक बटुलेको छ । यस्तै माल्दिभ्सले पनि २ खेलमा जित निकाल्दै ५ अंक बटुलेको छ भने बंगलादेशको २ खेलबाट ३ अंक, किर्गिस्तानको २ खेलबाट १ अंक र अफघानिस्तान २ खेलबाट अंकबिहिन रहेको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले तेश्रो खेलमा माल्दिभ्सको तथा चौथो खेलमा आयोजक बंगलादेशको सामना गर्नेछ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, कीर्गिस्तान, माल्दिभ्स र अफगानिस्तान छन् । राउण्ड रोबिन लिगका आधारमा संचालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

खेलको भिडियो 

२०७६ कार्तिक २५, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment