हंगकंग बिरुद्ध जितमा महत्वपूर्ण योगदान दिने ६ खेलाडी

बंगलादेशमा जारि एसीसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेलमा हंगकंगलाई ४० रनले पराजित गर्दै पहिलो जित दर्ता गर्यो। खेलमा टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले १७७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा भारतसंग ७ विकेटले पराजित भएको नेपालले जितसंगै सेमीफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।

हंगकंगलाई पराजित गर्न महत्वपूर्ण योगदान दिने ६ खेलाडी 

शरद भेसावकर : लामो अन्तराल पछि लामो इनिंग खेल्ने क्रममा खेलमा शरद भेसावकरले ८९ रनको धैर्यतापूर्ण इनिंग खेले। कमजोर सुरुवात गरेको नेपालले ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेललाई छिट्टै गुमाएको थियो। त्यसपछि शरदले एक किनार सम्हालेर पहिलो ओभर देखि अन्तिम ओभरसम्म ब्याटिंग गरे। यस क्रममा उनले दिपेन्द्र ऐरिसंग ८३ रनको तथा आरिफ शेखसंग ७४ रनको साझेदारी गरे।

दिपेन्द्र र आरिफसंगको साझेदारी पश्चात अर्को किनारमा विकेट गुमे पनि शरदले विकेट सम्हालीरहे र नेपालको योगफल २०० पार गराए। शरद शतकबाट ११ रनले चुके पनि १३९ बलमा ९ चौका प्रहार गर्दै जितमा अहम योगदान दिए।

Sharad Vesawkar

अविनाश बोहरा : टी-२० बलरको रुपमा डेथ ओभरमा उत्कृस्ट प्रदर्शन गर्दै आएका अविनाश बोहराले ५० ओभरमा पाएको मौकाको उत्कृस्ट सदुपयोग गरे। सोमपाल कामिलाई आराम दिईएपछि अन्तिम-११ मा मौका पाएका बोहराले ९ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। यस क्रममा उनले २ मेडन ओभर समेत गरे। यस क्रममा उनले हंगकंगको ओपनर निजाकत खान, चौथो नम्बरका शहिद वासिफ र छैठौं नम्बरका ऐजाज खानको विकेट लिंदै मध्यक्रम ध्वस्त पारे।

करन केसी : आफुलाई निरन्तर प्रमाणित गरिरहेका करन केसीले दोश्रो इनिंगमा हंगकंगलाई सुरुवात देखि दबाबमा राखे। यस क्रममा उनले हंगकंग ओपनर क्यामरुन लचन र तेश्रो नम्बरका एहसान अलिको विकेट सुरुवातमै लिए। त्यसपछि मध्यक्रममा २६ रन बनाएर ब्याटिंग गरिरहेका हरुन अर्शदलाई आउट गरे। ९ ओभरमा १ मेडन ओभर सहित करनले ३२ रन खर्चेर ३ विकेट लिए।

Karan KC

आसिफ शेख : ४२ रन बनाएका आरिफ शेखले चौथो विकेटको लागि शरद भेसावकरसंग ७४ रनको महत्वपूर्ण साझेदारी गरे। ३७ रन बनाएर दिपेन्द्र ऐरि आउट भएपछि शरदलाई अर्को किनारमा साथको आवस्यकता रहेको थियो। त्यो अवस्थामा आरिफले शरदको राम्रो साथ दिए भने आक्रामक सटहरु पनि खेले। ४८ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन बनाए।

विनोद भण्डारी : ब्याटिंगमा ठुलो योगदान दिन चुकेका बिनोद भण्डारीले विकेट किपिंगमार्फत जितमा ठुलो योगदान दिए। ब्याटिंगमा १५ रन मात्र बनाएर आउट भएका उनले दोश्रो इनिंगमा ६ जना हंगकंग ब्याट्सम्यानको क्याच लिए। हंगकंगको सुरुवात ६ जना ब्याट्सम्यानको विकेटमा सबै क्याच बिनोद भण्डारीले गरेका थिए। यस क्रममा करन केसीको बलमा २ विकेट र अविनाश बोहराको ३ वटै विकेटमा विनोदले क्याच गरे।

दिपेन्द्र ऐरि : नेपालले सुरुवाती २ विकेट तेश्रो ओभरमा २ रनको योगफलमै गुमाउदा दिपेन्द्र ऐरिले शरद भेसावकरसंग ८३ रनको साझेदारी गर्दै नेपाललाई कमजोर अवस्थाबाट उकासे। दिपेन्द्रले ६७ बलमा ३ चौका मदतले ३७ रन बनाए।

२०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित