भारत यु-१९ ‘सी’ द्वारा नेपाललाई २५९ रनको लक्ष्य, सागरको उत्कृस्ट बलिङ्ग

भारतमा जारि अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत तेश्रो स्थानको लागि जारि खेलमा नेपाली अन्डर-१९ टिमले भारत यु-१९ ‘सी’ टिमको सामना गर्दैछ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारत यु-१९ ‘सी’ टिमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५८ रन बनाएको छ। स्कोरकार्ड 

भारतीय टिमको लागि सौरभ कुमार डगरले सर्वाधिक ५८ रन बनाए। अविजित इनिंग खेलेका उनले ६० बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै विक्रान्त सिंह भडोरियाले ५० रन ( ४९ बलमा ४ चौका र २ छक्का ) प्रहार गरे।

एक समय १३५ रनमा ५ विकेट गुमाईसकेको भारतीय टिमलाई त्यसपछि तल्लो मध्ये क्रमका ब्याट्सम्यानहरुले साझेदारी गर्दै उकासेका थिए। यस क्रममा विक्रान्त सिंहले सौरभ कुमार डगरसंगलागि ५१ रनको साझेदारी गरे। विक्रान्त आउट भएपछि सौरभले सुभांग हेग्डेसंग सातौँ विकेटको लागि अविजित ७२ रनको साझेदारी गरे। हेग्डेले अविजित ३६ रन बनाए।

Sagar Dhakal ( File Pic )

नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट। लिए उनले १० ओभरमा २ मेडन ओभर गर्दै ३७ रन खर्चिए। कुशल मल्लले २ ( ९-१-४४-२ ) तथा प्रतियोगितामा पहिलो पटक मौका पाएका  बिबेक यादबले १ विकेट ( ७-०-४६-१ ) लिए।

प्रतियोगिता अन्तर्गत नेपालले यस अघि खेलेको तिन वटै खेलमा हार बेहोरेको थियो। यस क्रममा भारत यु-१९ ‘सी’ संग १० विकेटले , भारत अन्डर-१९ ‘ए’ संग १०७ रनले तथा भारत यु-१९ ‘बि’ संग २ विकेटले नेपाल पराजित भएको थियो।

२०७६ मंसिर १, आईतवार मा प्रकाशित