भारतसंग नेपाल पराजित, सेमीफाइनल सम्भावना कायमै : १३ औं साग महिला भलिबल

दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको नेपाली महिला भलिबल टिमले दोश्रो खेलमा भने हारको सामना गर्नु परेको छ।

त्रिपुरेश्वर स्थित रास्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा बलियो टोलि भारतसंग नेपाली महिला टिम सोझो सेटमा ३-० ले पराजित भएको हो। पहिलो सेट रोमान्चक रहेता पनि त्यसपछि को दुइ वटा सेट नेपालले सहजै हार्न पुग्यो।

पहिलो सेटमा नेपाल एक समय २४-२२ को स्थितिमा रहेको थियो तर त्यो अवस्थामा भारतले लगातार ४ अंक प्राप्त गर्दा नेपाल २६-२४ ले पराजित हुन पुग्यो। पहिलो सेट पछि भारतले लय कायमै राख्यो र दोश्रो सेट २५-१२ ले सहजै आफ्नो पक्षमा पार्यो। तेश्रो सेटमा पनि भारत २५-१६ ले विजयी भएपछि नेपाल ३-० को सोझो सेटमा पराजित भयो।

Nepal womens volleyball team

सेमीफाइनल सम्भावना कायमै 

पराजित भएता पनि नेपालको सेमीफाइनल सम्भावना भने कायमै रहेको छ। समुह ‘ए’ अन्तर्गत नेपाल र भारतको समान २ अंक रहेको छ भने बंगलादेश अंकविहिन छ। अब शुक्रबार हुने खेलमा भारतले बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। नेपालले बंगलादेशलाई सहजै पराजित गरेकोले भारतलाई बंगलादेशले पराजित गर्ने सम्भावना न्यून रहेको छ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई २५-९ , २५-९ र २५-११ को सोझो सेटमा पराजित गरेको थियो।

साग अन्तर्गत नेपाली पुरुष भलिबल टिमले भारतसंग भोलि  ( शुक्रबार ) खेल्ने तालिका रहेको छ। खेल नेपाली समय ५ बजे बेलुका सुरु हुनेछ। पहिलो खेलमा नेपाल बंगलादेशसंग ३-२ को सेटमा पराजित भएको थियो जसपछि सेमीफाइनल पुग्न भारतलाई जित्नु पर्ने दबाब रहेको छ।

आज सम्पन्न भारतीय पुरुष भलिबल टिमले बंगलादेशलाई सोझो सेटमा पराजित गरिसकेको छ। खेलमा भारत २५-१८, २५-१४ र २५-१५ ले सहजै विजयी भएको थियो।  यस्तै समुह ‘बि’ अन्तर्गतको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गर्यो।  पाकिस्तान २५-१५, २५-२३ र २५-१५ को सेटमा विजयी भयो।

२०७६ मंसिर १२, बिहीबार मा प्रकाशित