१३ औं साग : महिला भलिबल टिम सेमीफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाली महिला भलिबल टिमले सेमीफाइनलमा स्थान पक्का गरेको छ।

समुह ‘ए’ अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा ३-० ले पराजित गरेपछि नेपालको सेमीफाइनल प्रवेश निश्चित भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सेटमा पराजित गरेको हो।

भारतले दुवै खेल जित्यो भने नेपालले एउटा जित र एउटा हार बेहोर्यो। बंगलादेश जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। भारत समुह विजेता र नेपाल उप-विजेता हुँदै अघि बढेको हो।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा २५–८,२५–११ र २५–९ को सेटमा पराजित गरेको थियो। नेपालले भारतसंग ३-० को सेटमा ( २६-२४, २५-१२ , २५-१६ ) विहिबार पराजित भएको थियो।

सेमीफाइनलमा अब नेपाली महिला भलिबल टिमको भेट समुह ‘बि’ को विजेतासंग हुनेछ। समुह ‘बि’ मा माल्दिभ्स र श्रीलंका बीच खेलको आज हुने खेलको विजेतासंग नेपालले खेल्नेछ।

फोटोहरुमा हेर्नुस भारत र बंगलादेश बीचको खेल 

२०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment