साग : उसुमा नेपाललाई २ स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार उसुमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ।

उसुको थाउलो विधामा विजय सिंजाली र सुस्मिता तामांगले स्वर्ण जितेका हुन्। विजयले ९.४८ अंक प्राप्त गर्दै बंगलादेशका ९.३४ अंक प्राप्त गरेका मोहम्मद ओमारलाई पछि पारेका हुन्। सुस्मिताले ९.४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत र बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।

आजै दुवाथोलनमा आज पोखरामा हिमाल टमाटाले नेपाललाई स्वर्ण दिलाएका थिए।

यो सहित नेपालको सागमा स्वर्ण पदक संख्या १८ पुगेको छ।

२०७६ मंसिर १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment