एकै इन्सटाग्राम पोस्टबाट करोडौं कमाउछन् खेलाडीहरु, जान्नुस कति हुन्छ रोनाल्डो, मेस्सी र कोहलीको कमाइ

जुभेन्टस सुपरस्टार तथा पोर्चुगल फुटबल टिम कप्तान क्रिस्टियानो रोनाल्डो सामाजिक संजाल इन्स्टाग्रामबाट सबैभन्दा बढी पैसा कमाउने खेलाडी रहेको एक रिपोर्टले बताएको छ।

विश्वकै कोरोना महामारीका बाबजुद स्टार खेलाडीहरु रोनाल्डो, लियोनेल मेस्सी, डेभिड बेकहम, बिराट कोहली जस्ता खेलाडीहरुले यो अवधिमा फोटो र भिडियो पोस्ट गर्दै मनग्गे आम्दानी गरेका हुन्।

कति कमाउछन् रोनाल्डो र मेस्सी 

पोर्चुगिज फुटबल स्टार रोनाल्डो धेरै कमाउने रेसमा सबैभन्दा अघि रहंदा उनले लकडाउन अवधिमा १८ लाख ८८ हजार ३३६ पाउण्ड अर्थात् २८ करोड ८७ लाख ४८ हजार रुपैयाँ कमाए। मार्च १२ देखि मे ४ सम्म उनले त्यति आम्दानी गरेका हुन्। फेसबुकको स्वामित्व रहेको याप इन्स्टाग्राममा रोनाल्डोको २२२ मिलियन फलोअर रहेका छन्। एउटा प्रायोजित पोस्ट गरेबापत रोनाल्डोले ४ लाख ७० हजार, ५०० पाउण्ड अर्थात् ७ करोड १९ लाख, ६२ हजार रुपैयाँ पाउने गर्छन्।

रोनाल्डोले इन्सटाग्राम पोस्टबाट सिरी ए क्लब जुभेन्टसको लागि खेलेको भन्दा बढी कमाउने गर्छन्

यस्तै एफसी बार्सिलोना लेजेण्ड तथा अर्जेन्टिनी फुटबलर लिनोनेल मेस्सीले लकडाउन अवधिमा दोश्रो धेरै आम्दानी गर्ने क्रममा १२ लाख ९९ हजार पाउण्ड अर्थात् ( करिब रु. १९ करोड ८७ लाख  ) आम्दानी गरेका छन्। तेश्रो धेरै आम्दानीकर्ता नेमारले ११ लाख ९२ हजार पाउण्ड ( करिब रु. १८ करोड, २३ लाख ) आम्दानी गरेका छन्।

धेरै कमाउनेमा कोहली छैठौं  

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली इन्सटाग्रामबाट धेरै कमाउने खेलाडीको सुचीमा छैठौं नम्बरमा रहेका छन्। कोहलीले लकडाउनको अवधिमा ३ वटा प्रायोजित पोस्ट गर्दा ३ लाख ७९ हजार २९४ पाउण्ड अर्थात् करिब ५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेका हुन्।

इन्स्टाग्रामबाट धेरै कमाउने सुचीको १० नम्बर भित्र कोहली एक मात्र क्रिकेटर रहेका छन् जसको ६२.१ मिलियन फलोअर रहेका छन्। २०१९ मा टप-१० मा नरहेका कोहलीले पछिल्लो १२ महिनामा ठुलो फड्को मारेका हुन्।

 

View this post on Instagram

 

Can’t wait for you to see what we’ve created. Available to shop on https://go.puma.com/vk ?. #BTS @pumaindia

A post shared by Virat Kohli (@virat.kohli) on


पछिल्लो १ वर्षमा धेरै कमाउने खेलाडीहरु ५ खेलाडीहरु 

क्रिस्टियानो रोनाल्डो ( पोर्चुगल ) : ५०.३ मिलियन डलर ( एउटा प्रायोजित पोस्ट गरेबापत १.१७ मिलियन डलर , कुल प्रायोजित पोस्ट : ४३ )

लियोनेल मेस्सी ( अर्जेन्टिना ) : ३०.४ मिलियन डलर ( एउटा प्रायोजित पोस्ट गरेबापत ७ लाख ६० हजार डलर , कुल प्रायोजित पोस्ट : ४० )

बिराट कोहली ( भारत ) : १५.७ मिलियन डलर ( एउटा प्रायोजित पोस्ट गरेबापत २ लाख ८० हजार डलर, कुल प्रायोजित पोस्ट : ५६ )

डेभिड बेकहम ( इंग्ल्यान्ड ) : ११.६ मिलियन डलर ( एउटा प्रायोजित पोस्ट गरेबापत ३ लाख ८८ हजार डलर ) , कुल प्रायोजित पोस्ट ३०

नेमार ( ब्राजिल ) : ८.१ मिलियन डलर ( एउटा प्रायोजित पोस्ट गरेबापत ७ लाख ४४ हजार डलर , कुल प्रायोजित पोस्ट ११ )

बजबिंगो नामक वेबसाइटले सार्वजनिक गरेको डाटा अनुसार भारतीय कप्तान बिराट कोहली इन्सटाग्राममा सबैभन्दा बढी प्रायोजित पोस्ट गर्ने खेलाडीमा पर्नेगर्छन्। कोहलीले पछिल्लो १२ महिनामा कुल ५६ प्रायोजित पोस्ट गर्दा रोनाल्डोले ४३ तथा मेस्सीले ४० वटा पोस्ट गरेका छन्।

गत महिना फोर्ब्सले सार्वजनिक गरेको धेरै कमाउने एथलेटहरुको सुचीमा टेनिस स्टार रोजर फेडेरर रहेका थिए। रोनाल्डो दोश्रो तथा मेस्सी तेश्रो स्थानमा रहंदा १०० जना भित्र भरतीय क्रिकेटर बिराट कोहली एक्लो क्रिकेटर रहेका थिए।

२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित