बंगलादेशका क्रिकेटर मश्रफे मोर्तजाको कोभीड-१९ संक्रमित भएका छन्। मोर्तजाका भाइ मोर्सलिन मोर्तजाले मोर्तजालाई कोरोना संक्रमण भएको पुस्टि गरेका हुन्।
“३-४ दिन देखि उनि असहज महसुस गरिरहेका थिए। उनलाई ज्वरो जस्तो लक्षणहरु देखिएपछि हामि चिन्तित भएका थियौं। त्यसपछि हामीले उनको टेस्ट गर्यौं। उनको रिपोर्ट शुक्रबार आएको थियो र कोभिड-१९ पोजेटिभ आएको छ। उनि अहिले मिरपुर स्थित आफ्नै निवासमा आराम गरिरहेका छन्।” मोर्सलिनले बताए।
कोभीड-१९ महामारीको दौरान बंगलादेश संसदको सदस्य समेत रहेका मोर्तजा सामाजिक कार्यहरुमा सक्रिय रहेका थिए। आफ्नो गृहनगर नरैलमा सक्रिय रहेका उनि कसरि संक्रमित भए थाहा भएको छैन।
बंगलादेश क्रिकेटका ठुला नाम मोर्तजाले ३६ टेस्ट, २२० एकदिवसीय अन्तर्राष्ट्रिय र ५४ टि-२० अन्तर्राष्ट्रियमा देशको प्रतिनिधित्व गरिसकेका छन्। बंगलादेशको सिमित ओभर टिमको कप्तानी समेत मोर्तजाले केहि समय सम्हालेका थिए। यसै वर्ष उनले बंगलादेशको एकदिवसीय टिमको कप्तानी त्यागेका थिए। ३६ वर्षीय खेलाडीले टेस्टमा ७८, एकदिवसीयमा २७० तथा टि-२० मा ४२ विकेट लिएका छन्।
यस्तै अर्का बंगलादेश पुर्व क्रिकेटर नफिस इकबाललाई समेत कोरोना संक्रमण भएको बताईएको छ। पाकिस्तान पुर्व क्रिकेटर शहिद अफ्रिदीलाई पनि कोरोना संक्रमण भएको छ। अफ्रिदीले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका थिए।
बंगलादेशमा हालसम्म १ लाख ८ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण पुस्टि भैसकेको छ जसमध्ये १ हजार ४ सय २५ जनाको ज्यान गइसकेको छ। यस्तै पाकिस्तानमा १ लाख ७१ हजार ६ सय ६६ जना संक्रमित हुँदा ३ हजार ३ सय ८२ जनाले ज्यान गुमाईसकेका छन्। विश्वभर ८७ लाख ८९ हजार जना संक्रम्मित भैसकेको अवस्थामा ४ लाख ६३ हजार बढीको मृत्यु भैसकेको छ।
