बुधवार बेलुका एनफिल्डमा सम्पन्न खेलमा चेल्सीलाई ५-३ गोलअन्तरले माथ दिंदै लिभरपुलले प्रिमियर लिगको ट्रफि उचालेको छ।लिभरपुललाई ३० वर्ष पछि च्याम्पियन बनाएका प्रशिक्षक युर्गेन क्लोपले यस उपाधि आफ्नो समर्थकहरुलाई समर्पित गरेको बताएका छन् ।
अक्टोबर ८ २०१५ मा क्लोपले लिभरपुलसँग ३ वर्षको लागि सम्झौता रचेका थिए। उनले लिभरपुलका पुर्व प्रशिक्षक रोजर्सको ठाउँ लिगेका थिए । जर्मन क्लब डर्टमण्डलाई छाडेर लिभरपुलमा आएका क्लोपलाई सुरुवाती दिनमा लिभरपुलको प्रशिक्षण गर्न पक्कै पनि सहज थिएन ।
युर्गेन क्लोप प्रिमियर लिगको १३१ वर्षे लामो इतिहासमा इङ्ग्ल्यण्डको शिर्ष डिभिजनको लिग जिताउने पहिलो जर्मन प्रशिक्षक बनेका छन्। क्लोपले ट्रफी उचालेपछि क्लबका समर्थकहरुलाई सम्झिएका हुन्-
“समर्थकहरुलाई हामीले यो उपाधि साच्चै उनीहरुको लागि जितेको विस्वस्त गराउन चाहान्छु। हामीले यहाँ एक्लै खुशियाली मनाइरहेका छौ तर हामीलाई थाहा छ कि सबैजना (लिभरपुल समर्थक) घरमा खुशियाली मनाइरहनु भएको छ । यो हाम्रो लागि निकै ठुलो उपलब्धि हो।” ५३ वर्षीय प्रशिक्षकले बताए।
“५ वर्ष अघि मैले तपाईहरु संकालाई विश्वासमा परिणत गर्न भनेको थिए। मैले त्यसबेला सोधे र तपाईहरुले गर्नु भयो”
“Drink what you want, but you have to prepare for a party I don’t know when!” ?
Jurgen Klopp reacts after lifting the Premier League trophy! ?pic.twitter.com/053z7jRr8J
— Sky Sports News (@SkySportsNews) July 22, 2020
५ वर्षको अन्तरालमा लिभरपुललाई फिफा क्लब विश्वकप र कप च्याम्पियन्स जितीउनु क्लोप तथा लिभरपुलको लागि निकै ठुलो उपलब्धि हो । क्लोपको प्रशिक्षण गर्ने शैली र कला देखेर थुप्रै नामी खेलाडीहरु दङ्ग परेका छन्। त्यसैले पनि हाल विश्वकै उत्कृष्ट प्रशिक्षकमा गनिने गरिन्छ ।
क्लोपकै नेतृत्वमा लिभरपुलले च्याम्पियन्स लिग, सुपर कप, फिफा क्लब विश्वकप लगाएत जारि सिजनमा प्रिमियर लिग पनि हात पारेको छ।उनले २०२४ मा आफ्नो सम्झौता समाप्त भए पछि लिभरपुल छाड्ने बताएका छन् ।
