इंग्लिस प्रिमियर लिगको निर्णायक खेलहरु आज

२०१९/२० संस्करणको इंग्लिस प्रिमियर लिग अन्तिम चरणमा आइपुगेको छ।

अगस्ट ९ २०१९ मा सुरुवात भएको सिजन कोरोना भाइरसको महामारीको कारण १३ मे देखि तिन महिनाको लागि रोकिएको थियो । कोरोनाको त्रास केहि हदसम्म कम भएपछि लिग १३ जुनबाट पुर्ण सुचारु भएको हो ।

बिचमा रोकिएको प्रिमियर लिग अन्तत आज अन्तिम चरणमा टेकेको छ। अन्तिम दिनमा आइपुग्दा पनि च्याम्पियन्स लिग, रेलिगेसन लगायत युरोपा छनोटका लागि टिमहरुको घमासन जारि रहेको छ ।

आज हुने खेलहरु र समिकरण

आज अन्तिम दिन चेल्सी र वोल्भ्स आमने-सामने हुदै छन् भने लेस्टर सिटिले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्दा गर्दै छ। वोल्भ्स बाहेक अन्य तिन टोलिको च्याम्पियन्स लिग छनोटको सम्भावना जीवित छ । चेल्सी, युनाइटेड र लेस्टर सिटि मध्य केवल दुई टोलि शिर्ष ४ मा रहदै अर्को वर्ष हुने च्याम्पियन्स लिगको लागि छनोट हुने हो । वोल्भ्सको भने युरोपा लिगको छनोट सम्भावना जीवित छ ।

३७ खेलमा ६३ अंक सहित म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ भने समान अंक रहेको चेल्सी गोलअन्तरको आधारमा चौथौ स्थानमा छ । पाचौ स्थानमा रहेको लेस्टरले ६२ अंक जोडिसकेको छ ।

वोल्भ्सविरुद्व चेल्सीले अंक खोस्न सकेको अवस्थामा चेल्सी शिर्ष ४ मा रहने पक्का छ । यस्तै, युनाइटेडले लेस्टरलाई बराबरीमा सिमित राख्न सके युनाइटेड अर्को वर्ष हुने च्याम्पियन्स लिगको लागि छनोट हुने छ । यस्तै, लेस्टरको च्याम्पियन्स लिग खेल्ने सपना भताभुङ्ग हुने छ ।

लिभरपुलले ३० वर्षको लामो पर्खाइपछि जारि सिजनमा प्रिमियर लिगको ट्रफि उचालेको छ भने म्यानचेस्टर सिटि दोस्रो स्थानमा रहने पक्का छ ।

नर्विच सिटि भने प्रिमियर लिगबाट रेलिगेसनमा परेर च्यम्पियनसिप खेल्ने भएको छ । आज रेलिगेसनको लागि बर्नमाउथ, वाटफर्ड, र एस्टोन भिल्लाको प्रतिस्पर्दा जारि छ । बर्न्माउथको ३१ अंक रहेको छ ।अन्य दुई टोलीको ३४ अंक रहेको छ । वाटफर्डले आर्सनलको सामना गर्दै छ। बर्न्माउथले एभर्टसँग र एस्टोन भिल्लाले वेस्ट ह्याम युनाइटेडसँग प्रतिस्पर्दा गर्दै छन् ।

सबै खेल नेपालि समय अनुसार बेलुकीको ८:४५ बजे बाट सुरु हुदै छन् । जारि सिजनमा पहिलो पटक प्रिमियर लिगको इतिहासमा खेल बिचमा बन्द भएको हो ।

गोल्डेन बुट कसले जित्ला ? 

जारी सिजनमा लेस्टर सिटीका जेमी भार्डिले २३ गोल गर्दै गोल्डेन बुटको दौडमा शिर्ष स्थानमा छन् भने दोस्रो स्थानको इन्ग्सले २१ गोल गरिसकेका छन् । सिटीका डि ब्रुइनले १९ असिस्ट गरेका छन् । दोस्रो स्थानका रोबर्टसनले १३ असिस्ट गरेका छन् ।

अर्को सिजनको प्रिमियर लिग सेप्टेम्बर १२ बाट सुरु हुने तय भैसकेको छ भने अर्को सिजनको खेलमा लिड्स युनाइटेड तथा वेस्ट ब्रुम जस्ता टिमलाई इङ्ग्ल्याण्डको शिर्ष लिगमा प्रतिस्पर्धा गरेको  देख्न पाउने निस्चित छ । म्यानचेस्टर सिटीका लेजेन्ड खेलाडी डेविड सिल्भा आज सिटिको जर्सी लगाएर अन्तिम पटक मैदानमा उत्रिदै छन् ।

२०७७ श्रावण ११, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment