इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न लिगको सुरुवाती दिनमा साविक विजेता लिभरपुलले लिड्स युनाइटेडमाथी ४-३ को रोमाञ्चक जित निकालेको छ। लिभरपुलका लागि फर्वाड मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन्।
रोमाञ्चक खेलको तेस्रो मिनेटमा सलाहले डिफेन्डरलाई टन गरेर गरेको प्रहार लिड्सका जर्सी नम्बर पाँचका खेलाडी बेम ह्वाइटको हातमा लागेपछि लिभरपुलले पेनाल्टी पाएको थियो। सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई चौथो मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि, १६ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको लिड्स खेलमा मजबुत रुपले पेस आएको थियो। १२ औं मिनेटमा लिड्सले बराबरी गोल फर्कायो। बायाँ विंगबाट मुभ बनाएका ह्यारिसनले दुई जना खेलाडीलाई छकाउदै शानदार प्रहार गरेका थिए जुन गोलमा परिणत भएको थियो। २० औं मिनेटको खेलमा लिभरपुलका डिफेन्डर भर्जिल भान डायकले गोल गर्दै लिभरपुललाई पुन अग्रता दिलाएका थिए। हेन्डरसनको कर्नरमा उनले हेडर मार्फत गोल गरेका थिए।

लिभरपुलले दोस्रो पटक लिएको अग्रता मात्र १० मिनेटसम्म कायम रह्यो। ३० औं मिनेटको खेलमा भान डायकको गल्तिको सदुपयोग गर्दै बामफर्डले उत्कृष्ट गोल गरेका थिए। ३३ औं मिनेटको खेलमा सलाहले ब्यक्तिगत दोस्रो गोल गर्ने क्रममा भलीमार्फत शानदार गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
६६ औं मिनेटमा हेल्डर कोस्टाको क्रसलाई नियन्त्रणमा लिदै क्लिचले लिड्सका लागि बराबरी गोल गरेका थिए। तर, अन्तिम समयमा लिड्सका डिफेन्डरले फाबिन्होलाई पेनाल्टी बक्सबित्र लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो। ८८ औं मिनेटको खेलमा सलाहले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए।
मोहम्मद सलाहको अनौठो कीर्तिमान
सलाह चार लगातार सिजनको सुरुवाती दिनमा गोल गर्ने पहिलो लिभरपुलका खेलाडी बनेका छन्। प्रिमियर लिगकै इतिहासमा उनी दोस्रो खेलाडी हुन्। टेड्दी सारिङ्हामले (१९९२-९३ देखि १९९५-९६) लिगमा उक्त कीर्तिमान कायम राखेका छन्। सलाह लिभरपुलका लागि सुरुवाती दिनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन्।
गए राती सम्पन्न अर्को खेलमा म्यान्चेस्टर युनाइटेड एस्टोन भिल्लासँग १-० ले स्तब्ध बनेको छ। एस्टोन भिल्लाकालागि वाट्किन्सले १६ औं मिनेटमा गरेको गोलनै निर्णायक सावित बनेको थियो।
इंग्लिस प्रिमियर लिग : आर्सनलको सुखद सुरुवात, फुलहाम फराकिलो अन्तरले पराजित
