सन्दिप लामिछानेलाई पनि कोरोना संक्रमण

अर्का राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेलाई पनि कोरोना संक्रमण देखिएको छ।राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुनु अघि कोरोना परिक्षण गराएका सन्दिपको रिपोर्ट पोजेटिभ आएको हो। सन्दिप राष्ट्रिय टिमले मंगलबार गरेको पहिलो परिक्षणमा अनुपस्थित रहेका थिए।

सन्दिपले ट्वीटर मार्फत आफुलाई कोरोना भएको र बुधबार देखि त्यसको लक्षण देखिएको बताएका छन्।

“सबैलाई यो बताउनु मेरो दायित्व हो कि मेरो कोभीड-१९ टेस्ट पोजेटिभ आएको छ। मेरो शरीर बुधबार देखि केहि दुखेको थियो।” सन्दिपले लेखेका छन्।

सन्दिपले आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको बताउदै चाडै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् –

“तर, मेरो स्वास्थ्य हाल केहि सुधार भएको छ। यदी राम्रो भएको खण्डमा पुनः मैदानमा उत्रनेछु। मेरो लागि प्रार्थना गर्नु होला।”

कोरोना संक्रमण देखिएपछि सन्दिप सेल्फ आइसोलेसनमा बस्नेछन् जसपछि रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्रै बन्द प्रशिक्षणमा समाबेश हुन पाउनेछन्।

सन्दिप डिसेम्बर दोश्रो साता बिग ब्यास लिग खेल्नको लागि अस्ट्रेलिया प्रस्थान गर्ने तालिका रहेको छ। त्यस अघि उनि नेपाली टिमको बन्द प्रशिक्षणमा केहि दिन सहभागी हुन लागेका थिए। उनलाई यो सिजन होबार्ट हरिकेन्सले टिममा लिएको छ।

मल्ल, ऐरी र पौडेलको पछिल्लो रिपोर्ट नेगेटिभ 

यस अघि राष्ट्रिय क्रिकेट टिमको खेलाडीहरुको बन्द प्रशिक्षण अघि गराइएको कोभीड-१९ पीसीआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र एरि र रोहित पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो। यस्तै भैरहवामा रहेका भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

मल्ल सहित ऐरी र पौडेल तिन जनाको पछिल्लो कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

“अहिलेसम्म मलाई कुनै पनि किसिमको लक्षण र जटिलताहरु देखिएको छैन। डक्टरसंग सल्लाह गरेपछि मैले दोश्रो कोभीड-१९ पीसीआर टेस्ट गराएको थिए जसको रिपोर्ट नेगेटिभ आएको छ।” मल्लले शुक्रबार फेसबुकमा लेखेका छन्।

मल्लले आफुलाई स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् र कोरोनालाई साधारण रुपमा नलिन समेत आग्रह गरेका छन्। फेसबुक स्टाटससंगै मल्लले आफ्नो रिपोर्ट समेत राखेका छन्। यस्तै रोहित पौडेल र दिपेन्द्र ऐरीले पनि कोरोना परिक्षणको रिपोर्ट फेसबुकमा राख्दै नेगेटिभ आएको बताएका छन्।

रिपोर्ट नेगेटिभ आएपछि अब खेलाडीहरु अभ्यासमा सामेल हुन पाउनेछन्। तथापी क्यानले अधिकारिक रुपमा तिन जना खेलाडी कहिले देखि अभ्यासमा सामेल हुनेछन् भने बताएको छैन।

मल्ल, पौडेल र ऐरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि क्यानले थप ५ जना खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाएको थियो। अनिल साह, रित गौतम, कुशल भुर्तेल, लोकेश बम र बिक्रम सोबले मौका पाएका थिए।

नेपाली टिमले बिहिबार र शुक्रबार गरि २ दिन टियु क्रिकेट मैदानमा अभ्यास गरेको छ। दुवै टिम टिमले फिटनेस अभ्यास गरेर बितायो। शुक्रबार टिमले जिममा पनि समय वितायो।

क्यानले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएता पनि बन्द प्रशिक्षणमा सहभागी हुन १६ जनाले मात्र कोरोना परिक्षण गराएका थिए। कोरोना पोजेटिभ देखिएपछि भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मी भैरहवामा रहेका छन्। १२ को परिक्षा रहेकोले कुशल मल्ल अनुपस्थित रहेका थिए भएन व्यक्तिगत कारण देखाउदै सन्दिप लामिछाने, शरद भेसावकर, करन केसी, सुबास खकुरेल पनि अनुपस्थित रहेका थिए।

यो पनि पढ्नुस :- 

एलपीएल : अफ्रिदीको आक्रामक अर्धशतक

पोलार्डको विस्फोटक ब्याटिंगका बाबजुद वेस्टइन्डिज पराजित

अस्ट्रेलियासंग पहिलो वानडेमा हारपछि भारतीय कप्तान कोहलीले के भने

२०७७ मंसिर १३, शनिबार मा प्रकाशित