दोश्रो वानडे : भारत बिरुद्ध टस जितेर अस्ट्रेलियाले ब्याटिंग गर्ने, दुवै टिमको अन्तिम-११ मा को-को

भारत र अस्ट्रेलिया बीच तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा टस जितेर अस्ट्रेलियाले पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ।

पहिलो वानडेमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो। अस्ट्रेलियाले दिएको ३७५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३०८ रन मात्र बनाउन सकेको थियो।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेपछि अस्ट्रेलियन कप्तान आरोन फिंचले विकेट राम्रो भएको बताउदै इनिंग अघि बढ्दै जाँदा विकेट सुस्त हुन सक्ने बताए। अस्ट्रेलियाले टिममा एउटा परिवर्तन गरेको छ। मार्कस स्टोइनिस अनफिट नरहेकोले बाहिर बस्नेछन् जसको स्थानमा मोईसेस हेनरिक्सले मौका पाएका छन्।


अस्ट्रेलियाको अन्तिम ११ : आरोन फिंच ( कप्तान ) , डेभिड वार्नर , स्टिभ स्मिथ, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, मोईसेस हेनरिक्स, एलेक्स केरी ( विकेटकिपर ) , प्याट कमिन्स , मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड

दोश्रो खेलमा पनि टस हारेर पहिले बलिंग गर्न लागेको भारतका कप्तान बिराट कोहलीले पछिल्लो हारको कुनै बहाना नबनाउने बताए। उनले पछिल्लो खेलमा ३० ओभर पछि खेलाडीहरुलाई अफ्टेरो महसुस भएको जसको कारण लामो समय पछि ५० ओभर क्रिकेट खेल्नु रहेको बताए। उनले खेलाडीहरुले आफ्नो जिम्मेवारी बुझेको बताए। उनले अघिल्लो खेलमा धवन र पान्ड्याको साझेदारी सकरात्मक रहेको बताए। भारतले अन्तिम ११ मा कुनै पनि परिवर्तन गरेको छैन।

भारतको अन्तिम ११ : शिखर धवन, मायाँक अग्रवाल, बिराट कोहली ( कप्तान ) , श्रेयस ऐयर, केएल राहुल ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुम्राह, नभदिप सैनी

यो पनि पढ्नुस :-

एलपीएलमा आन्द्रे रसेलको १४ बलमै अर्धशतक

इंग्ल्यान्डको जितमा बेयरस्टो उत्कृस्ट

अस्ट्रेलियासंग पहिलो वानडेमा हारपछि भारतीय कप्तान कोहलीले के भने

२०७७ मंसिर १४, आईतवार मा प्रकाशित