स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने कोरोना मुक्त भएका छन्। लामिछानेले ट्वीटमार्फत आफ्नो पछिल्लो कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्।
सन्दिपले १० दिन आइसोलेसनमा बसेको दौरान आफुलाई साथ दिने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।
“पछिल्लो १० दिन आइसोलेसनमा बसेपछि म सबैलाई यो जानकारी गराउदैछु कि मेरो पछिल्लो कोभीड-१९ टेस्ट नेगेटिभ आएको छ। म सबैलाई तथा विशेषगरि अनिश बानियालाई धन्यवाद दिन चाहन्छु तथा मेरो सुस्वास्थ्यको लागि भगवानसंग प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।”
सन्दिपले आफु मैदानमा फर्कन आतुर रहेको पनि बताएका छन् – “म मैदानमा फर्कन र आफ्नो सर्वोत्कृष्ट प्रदर्शन गर्न आतुर रहेको छु। म फर्किएको छु, हो म फर्किए”
कोरोना रिपोर्ट नेगेटिभ आएपछि सन्दिप अब नेपाली राष्ट्रिय टिमको जारि बन्दप्रशिक्षणमा सहभागी हुन पाउनेछन्।
प्रशिक्षण पछि सन्दिप डिसेम्बर दोश्रो साता बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने तालिका रहेको छ।यो सिजन नेपाली स्पिनर होबर्ट हरिकेन्सबाट लिग खेल्नेछन्।
यो पनि पढ्नुस :-
प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित
