इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न नर्थ लन्डन डर्बीमा आर्सनललाई हराउदै टोटेनहाम पुनः प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ। टोटेनहामको घरेलु मैदान टोटेनहाम हट्सपर स्टेडियममा सम्पन्न खेलमा आर्सनल २-० ले पराजित भएको हो। टोटेनहामको जितमा कप्तान ह्यारी केन र सन ह्युंग-मिनले समान १-१ गोल गरे।
Harry Kane and Son Heung-min have combined for 31 #PL goals, with 11 coming this season#TOTARS pic.twitter.com/9HOKm2xiOa
— Premier League (@premierleague) December 7, 2020
१३ औं मिनेटको खेलमा टोटेनहामले सुरुवाती अग्रता लियो। केनले मिलाएको पासमा सनले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई खेलमा अघि बढाए। पहिलो हाफको इन्ज्युरी समयमा टोटेनहामले आफ्नो अग्रता दोब्बर पार्यो। सनले चलाखीपूर्ण रुपमा मिलाएको पासको सदुपयोग गर्दै केनले गरेको प्रहार बारमा लाएर गोलमा परिणत भयो। दोस्रो हाफमा आक्रामाक खेल पस्किएको आर्सनलले अधिकांश पोजेसन आफ्नो पक्षमा राखेता पनि खेलमा फर्कन सकेन। प्रिमियर लिगमा केन र सनको जोडीले संयुक्त रुपमा दोस्रो सर्वाधिक ३१ गोल गरिसकेका छन्। डीडीयर ड्रोग्बा र फ्रान्क लाम्पार्डको जोडीले सर्वाधिक ३६ गोल गरेको छ।
केनको नयाँ किर्तिमान
केनले सिनियर फुटबल करियरमा क्लब र देशको लागि गरेर २५० औं गोल गरेका छन् जसमध्य टोटेनहामको लागि २०२, इंग्ल्याण्डको लागि ३२, मिलवालको लागि ९, लेटोन ओरियन्टको लागि ५ तथा लेस्टर सिटीको लागि २ गोल गरेका छन्। उनले इम्मानियुल एडाबोयर र बोब्बी स्मिथलाई पछि पार्दै नर्थ लन्डन डर्बीमा ११ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेका छन्।
? on the top 6️⃣ pic.twitter.com/cMJgYvDF3M
— Premier League (@premierleague) December 6, 2020
जितसंगै ११ खेलमा २४ अंक बटुलेको टोटेनहाम अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थामा रहेको लिभरपुलको समान २४ अंक रहेता पनि गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ। ११ खेलमा मात्र १३ अंक बटुलेको आर्सनल १५ औं स्थानमा झरेको छ। तेस्रो स्थानमा रहेको चेल्सीको २२ तथा चौथौं स्थानमा रहेको लेस्टरको २१ अंक छ।
यस्तै आइतबार रातिनै समपन्न अन्य खेलमा लिभरपुल क्रिस्टल प्यालेस र लेस्टर सिटि विजयी भएका छन्। लिभरपुलले आफ्नो घरेलु मैदानमा वोल्भ्सलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो। यस्तै, प्यालेसले वेस्ट ब्रुममाथि ५-१ को तथा लेस्टरले सेफील्डमाथि २-१ को कठिन जित निकालेको छ।
यो पनि पढ्नुस :-
