दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि बागमती प्रदेशले आइतबार टिमको घोषणा गरेको छ।
अस्मिना कर्माचार्य कप्तान रहेको टिममा सुमन खतिवडा उपकप्तान रहेकी छिन्। टिमको प्रशिक्षक सामसुंग जंग थापा रहेका छन् भने व्यवस्थापक नेपाली राष्ट्रिय टिमको पूर्वकप्तान निरा राजोपाध्याय रहेकी छिन्।
प्रतियोगितामा बागमती समुह ‘बि’ मा रहेको छ जुन समुहमा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ रहेका छन्। बागमतीले प्रतियोगितामा पहिलो खेल पुष १४ गते सुदुरपश्चिम प्रदेशसंग खेल्नेछ। दोश्रो खेल पुष १५ गते गण्डकी र तेश्रो खेल पुष १६ गते सुदुरपश्चिमसंग खेल्नेछ।
बागमती टिम : अस्मिना कर्माचार्य ( कप्तान ) , सुमन खतिवडा ( उपकप्तान ) , कन्चन श्रेष्ठ, आरति बिडारी, अस्मिता खरेल, हेलिसा गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रबिना बिशुंखे, खुशी डंगोल, बिन्दा राटोल, कृष्मा गुरुङ, केनुका बस्नेत
बैकल्पिक खेलाडी : एस्टर गुरुङ , संजिता भट्टराई, एन्नी पोखरेल, निकिता एमडा
प्रशिक्षक – सामसुंग जंग थापा, व्यवस्थापक – निरा राजोपाध्याय
यो पनि पढ्नुस :-
दशककै उत्कृस्ट एसोसिएट खेलाडी अवार्ड कोट्जरलाई, जितेनन् पारसले
